Play

नेकपाका उमेद्वारहरुको मतदाता भेटघाट र घरदैलोसंगै मतदाताबाट सुझाब संकलन जारी

गुरुकुल खबर


पोखरा, बेरोजगारी, भ्रष्टाचार र अराजकताका कारण गाउँ, शहरबाट युवा पलायन हुँदै गएको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् । पोखरा–२२, पुम्दीभुम्दीमा मत माग्न पुगेका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउन अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए ।

कास्की क्षेत्र नम्बर ३ मा नेकपाको तर्फबाट उमेदवार रहेका गोपाल गिरीसँग उनीहरुले पुराना दलहरुको मनोमानी र जोर जबर्जस्तीले जेनजी आन्दोलन भएको जनाउँदै अबको यात्राको नेतृत्व गर्न सक्नेलाई छान्नुपर्ने कुरामा जोड दिए ।

उम्मेदवार गिरीले देशमा बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘सुशासन र विकासको माध्यमबाट युवालाई नेपालमै बस्ने वातावरण मिलाउँछौं ।’ मतदाताहरुले उमेदवारलाई विजयी भएपछि फेरि अर्काे चुनावमा आउने प्रवृत्ति बदल्न आग्रह समेत गरेका थिए ।

पोखरा–२२ खाल्सेमा स्थानीयले गाउँमा बाँदर आतंकले बालीनाली लगाउने अवस्था नरहेको सुनाए । उम्मेदवार गिरीले बाँदर नियन्त्रण लागि पनि आफूसँग योजना रहेको भन्दै सो योजना कार्यान्वयनका लागि पहलकदमी लिने वाचा गरे ।

बुधबार नै कास्की क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार राजकाजी गुरुङ करणले मतदाताको घरदैलो र भेटघाट जारी राखे । यसका साथै नेकपाले पोखरा–२६ मा चुनाब प्रचार प्रसारको लागि सम्पर्क कार्यालय स्थापना गर्ने गरेको छ भने घरदैलो र भेटघाटलाई पनि निरन्तरता दिइरहेको चुनावी कमान्डर सोमती गुरुङले जानकारी दिईन् ।

यसैगरी कास्की – २ का उम्मेदवार किरण थापा (आमोद) बुधबार पनि घरदैलो कार्यक्रममा व्यस्त भए । पोखरा–२०, भलामको ठकुरी टोल, भलाम एरिया, डाँडागाउँ, भण्डारीथर हुँदै वडा कार्यालयसम्मको क्षेत्रमा घरदैलो गर्नुको साथै स्थानीयका सुझावसमेत उमेद्वार थापाले संकलन गरेका छन् । जनताको सुझाव अनुसार नै विकासको खाका बनाउने योजना अन्तर्गत सुझाव संकलन गरेको सो क्षेत्रका चुनावी कमान्डर खड्क हमालले जानकारी दिए ।

उक्त अवसरमा स्थानीयले महानगर भित्रको भूभाग भएपनि पोखरा–२० विकासको मामलामा बत्तिमुनिको अँध्यारो जस्तै भएको गुनासो गरे । मूलबाटो पिच भएको तर घर जाने बाटोचाहिं जोखिमपूर्ण रहेको भन्दै लक्ष्मी सुनारले भनिन्, ‘कतिबेला दुर्घटना हुने हो भन्ने पीर हुन्छ । हामी त पोखरामा भएर पनि विकासमा पछि परेको कर्णाली जस्तो भयौं ।”

२१ माघ २०८२, बुधबार २३:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा