Play

खेलकुद क्षेत्रको चुनौती: राजनीतिक हस्तक्षेप, कोटा प्रणाली, दक्ष प्रशिक्षकको अभाव र कमजोर पूर्वाधार

गुरुकुल खबर


पोखरा, राष्ट्रिय खेलकुदको भविष्य खोज्दै पश्चिम पृतनामा नेपाली सेनाको अग्रसरतामा एकदिने गोष्ठी भएको छ । उक्त गोष्ठीले नेपालको खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

“नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, कोटा प्रणाली, दक्ष प्रशिक्षकको अभाव र कमजोर पूर्वाधार मुख्य चुनौतीको रुपमा रहेको समेत औल्याएका छन ।

उक्त अवसरमा वोल्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले गोष्ठीबाट प्राप्त सुझावलाई आत्मसात गर्दै नीतिगत विषयमा सम्बन्धित निकायमा पहल गरिने बताए । गोष्ठीमा नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पु¥याएको योगदानको प्रशंसा गर्दै एसियन तथा ओलम्पिक स्तरको पदक लक्ष्यसहित थप लगानी गर्नुपर्नेमा जोड दिइएको थियो ।

गोष्ठीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का वोर्ड सदस्य डा. मधुसूदन सुवेदीले “राष्ट्रिय खेलकुदको विकासका लागि राष्ट्रिय खेलकुद परिषदको नीति तथा कार्यक्रम” विषयमा प्रस्तुतिकरण गरे । त्यस्तै, नेशनल ओलम्पिक एकेडेमीका अध्यक्ष तेज गुरुङले “ओलम्पिक अभियान, नेपाली खेलकुद र नेपाली सेना” तथा पश्चिम पृतना हेड क्वाटरका सेनानी हुमान सिंह कुँवरले “नेपाली खेलकुदको विकासमा नेपाली सेनाको योगदान तथा वर्तमान अवस्था” बारे प्रस्तुति दिएका थिए ।

२१ माघ २०८२, बुधबार २२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा