Play

कास्कीका मतदातासंग नेकपा उम्मेदवारहरुको आग्रह- संकटमोचनका लागि हामीलाई मत दिनुस्

गुरुकुल खबर


पोखरा, फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन लागेका हुन् । नेकपा पुरानामध्येको नयाँ र नयाँ मध्येको पुरानो शक्ति भएको उल्लेख गर्दै उनीहरुले अहिलेको संकटमोचनका लागि नेकपाको जित जरुरी रहेको औंल्याएका छन् ।

नेकपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण)ले सोमबार रुपाका विभिन्न क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर उनीहरुको अपेक्षा सुने । रुपा–३ टाकेञ्जामा सहिदहरुको सालिकमा माल्र्यापण गरी भेटघाट सुरु गरेका थिए । मतदाताहरुले उनलाई विगतका वाचा र पाटीका एजेन्डाहरु नभुल्न सुझाव दिए ।

कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद) गरिब, सुकुम्बासी, सीमान्तकृत, राष्ट्रिय पुँजीपति सबैको समतामूलक समाजको खाका नेकपासँग मात्र भएको बताए । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले भने,‘ गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’

उम्मेदवार थापाले संकटका बेला माथिल्लो वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताए । उनले भने,‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो ।”

नेकपा कास्की ३ उम्मेदवार गोपाल गिरी माछापुछ्रे गाउँपालिका  र पोखरा महानगरका केही क्षेत्रका मतदातासँग भेटघाट गरिसकेका छन् । ‘जेन्जी’ युवाको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नेकपाको जित आवश्यक पर्ने उनले बताए। आज कास्कीको अन्नपूर्ण गाउँपालिकामा चुनावी प्रचारप्रसार तथा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

१९ माघ २०८२, सोमबार ०७:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा