Play

पोखराका युवा ब्यबसायी मनोज थापाको निधन

गुरुकुल खबर


पोखरा, पोखराका प्रतिष्ठित व्यवसायी एबम समाजसेवी मनोज थापाको ५१ बर्षको उमेरमा निधन भएको छ । पोखराका धार्मिक एबम सामजिक व्यक्तित्वको रुपमा स्थापित स्व. सप्तबहादुर थापाका ५ छोराहरु मध्येका कान्छा छोरा मनोजको उपचारकै क्रममा निधन भएको हो।

बिगत ५/६ महिनादेखि लिभर सम्बन्धि समस्याका कारण पिडित मनोजको भारतको दिल्ली र काठमाडौँमा समेत उपचार हुँदै आएको थियो। भारतमा उपचार गरेर काठमाडौँ आएका मनोज गत शनिबार पोखरा आउने क्रममा बिमानस्थलमा प्लेन चढ्न लागेका थिए। तर, अचानक श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि तत्कालै काठमाडौँस्थित अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो।

शनिबार थप उपचारको लागि भर्ना गरिएको र आइतबार पोखराबाट परिवारका अन्य सदस्यहरु समेत उनलाई भेट्न पोखराबाट काठमाडौँ पुगेकोमा सोहि दिन अर्थात आइतबार नै उनको निधन भएको मनोजका जेठा दाजु रिबबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए ।

२०३१ मा जन्मिएका थापा पोखरा वर्ल्ड स्कुलको सञ्चालक समिति सदस्य र सुपर घलेम्दी हाइड्रोपावर लिमिटेडका निर्देशक थिए । साथै, उनी अमेरिकाको क्यालिफोर्नियास्थित एस एण्ड जी इन्टरप्राइजेजका प्रबन्ध निर्देशक समेत थिए ।

ट्रेडिङ र हार्डवेयर सम्बन्धि व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका मनोजले पछिल्लो समय हाइड्रोपावर लगायतका ठूला परियोजनामा लगानी गर्दै स्थापित ब्यबसायीको रुपमा चिनिएका थिए ।

बिभिन्न व्यवसायमा संलग्न मनोज कला र सिर्जनाका पारखी समेत थिए । फुर्सदको समयमा ‘पेन्टिङ’ गर्न रुचाउने उनी पोखरामा टेनिस खेलाडीको रुपमा पनि परिचित थिए।

स्व, थापाकी श्रीमती मोनिका थापा, छोरी सेजल थापा र छोरा गिर्वाणजंग थापा रहेका छन् । पोखरा वर्ल्ड स्कुलकी निर्देशक मोनिका व्यवसायसँगै सामाजिक सेवामा सक्रिय छन् ।

मनोजका जेठा दाजु रिवबहादुर थापा, क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष हुन् । जेठा दाजु रिबबहादुर थापा र माईला दाजु शिबबहादुर थापाले पोखरामा बिभिन्न ब्यबसायिक प्रतिष्ठानहरु संचालन गरिरहेका छन। ५ दाजुभाई मध्ये अन्य दुईजनाको यस अगाडी नै निधन भईसकेको छ ।

यसैबीच थापाको निधनले पोखराको व्यावसायिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न संघसंस्था तथा शुभचिन्तकहरूले दुःख व्यक्त गरेका छन्। उनको कुडहरस्थित निवासबाट शवयात्रा निकाली मंगलबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ ।

१३ माघ २०८२, मंगलवार १९:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा