Play

राष्ट्रियसभामा कांग्रेसका जगत र एमालेकी सम्झना बिजयी, सांसद र प्रमुख, उपप्रमुखको मत पनि बदर (मत सहित)

गुरुकुल खबर


पोखरा, राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरु क्रमश जगत तिमिल्सिना र सम्झना देबकोटा बिजयी भएका छन। राष्ट्रिय सभा सदस्यको निर्बाचनमा नेपाली काँग्रेस र नेकपा एमालेको बिचमा सहमति भएर साझा उमेदवार बनाएकोमा गण्डकी प्रदेशमा अन्य समूहतर्फ नेपाली कांग्रेसका जगत तिमिल्सिना र महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटाले उमेदवारी दिएको र दुवै जना फराकिलो मतान्तरले बिजयी भएको छन।

प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरू मतदाता रहने राष्ट्रिय सभाको निर्बाचनमा यस पटक कांग्रेस र एमालेले भागबण्डा गरेर उमेदवार उठाएको थिए जम्मा १८ जना राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसबाट ९ जना, एमालेबाट ८ जनाको साथै अर्को १ जना उमेद्वार साझा रुपमा उठाएका थिए विजयी दुवै उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरिसकेको छ।

गण्डकी प्रदेशमा कुल २ सय २८ मतदाताहरु मध्ये ५९ जना प्रदेश सभा सदस्य र १ सय ६९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका थिए। प्रदेश सभातर्फ राप्रपाका २ जना सांसदले निर्वाचन बहिष्कार गरेकाले ५७ जना मात्र मतदान गरेका थिए । आगामी फागुनमा नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेको पदावधि सकिन लागेकाले नयाँ सदस्य चुनिएका हुन्। तर उनीहरु दुवै जनाले यस पटकको प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ चुनाब लड्न राजीनामा दिइसकेका छन् ।आइतबार पोखरास्थित निर्बाचन कार्यालय परिसरमा भएको मतदानमा ७ वटा मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दुई जनाले फराकिलो मतान्तरमा बिजयी भएपनि सातजनाको मत बदर हुनुले जनप्रतिनिधिहरुको लापरबाही देखिएको छ। अन्य समूहतर्फ २ जना प्रदेश सांसद र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ। त्यसैगरी महिला समूहतर्फ २ जना प्रदेश सांसद र २ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसअघि उम्मेदवारहरूले मतदाताहरूलाई मतदान गर्ने तरिकाबारे जानकारी दिए पनि मतदानका क्रममा सांसदहरूले समेत गल्ती गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा विजयी भएका जगत् तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको अन्तरले पराजित गरे। लामाले ९ सय ४१ र राष्ट्रिय जनमोर्चाका शंकर प्रसाद बरालले ७६ मतभार मात्र पाए। तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) प्राप्त गरेका हुन्।

यसै गरी महिला समूहतर्फ एमालेकी सम्झना देवकोटा ५ हजार १४ मतभारसहित विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार प्राप्त गरिन् भने जनमोर्चाकी लक्ष्मी बाँस्कोटाले ७६ मतभार पाइन्। देवकोटाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३० मत (२ हजार ४ सय ७० मतभार) पाएको निर्वाचन कार्यालयले जनाएको छ।

११ माघ २०८२, आईतवार १८:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा