Play

फेन्सि व्यवसायिद्धारा ५५ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा , फेन्सि तथा रेडिमेट व्यवसायि संघ कास्कीद्धारा आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।
रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग पोखराको मुख्य बजार महेन्द्रपुलचोकमा आज आयोजित कार्यक्रममा सात जना नयाँ रक्तदाता सहित ५५ जनाले रक्तदान गरेका हुन ।

रक्त सञ्चार केन्द्र रामघाट पोखराका प्राविधिक महेन्द्र केसीले पहिलो रक्तदाता रविन पुनलाई ब्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै रक्तदानको आवश्यकता र महत्व माथि चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले सवै भन्दा महत्वपूर्णदान रक्तदान भएको बताउँदै खेर जाने रगतदान गर्दा अरुको ज्यान बचाउन सकिने स्पष्ट पार्नुभयो ।

संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा च्याम्वर अफ कमर्सका उपाध्यक्ष उमराज बाँस्तोला,संस्थापक अध्यक्ष कमलनाथ कुँवर, सल्लाहकारहरु मिनराज काप्mले, केशवबहादुर खत्री, गिरिधारी अधिकारी, निवर्तमान अध्यक्ष प्रदिप मुल्मी कार्यक्रम संयोजक यादवप्रसाद पोखरेल लगायतले रक्तदानको महत्व माथि प्रकाश पार्नुभएको थियो ।

संघका प्रथम उपाध्यक्ष एकनारायण पनेरुले स्वागत गर्नुभएको कार्यक्रम महासचिव नारायणी दवाडीले सञ्चालन गर्नुभएको थियो ।
हरि बास्तोला

२२ मंसिर २०७८, बुधबार १९:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा