पोखरा, पोखरा महानगरपालिका -५ मालेपाटनमा ढुंगे धारा निर्माण गरेर स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको २५ औं स्थापना दिवस अर्थात रजत जयन्तीको अवसरमा सशस्त्र प्रहरी बलको २४ न. गणको हेड क्वार्टर अर्थात कालिका गणले उक्त ढुंगे धारा निर्माण गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. ५ कार्यालयसंगको सहकार्यमा क्विक इम्प्याक्त प्रोजेक्ट अन्तर्गत उक्त ढुङ्गेधाराको निर्माण गरिएको कालिका गणका गणपति एबम सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए ।

ढुंगेधाराको उद्घाटन समारोहमा प्रमुख अतिथि गणपति तिमिल्सिना, पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णुप्रसाद बराल सहित वडा सदस्यहरु र स्थानीय सर्बसाधारणको उल्लेखनिय उपस्थिति रहेको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ ।















