Play

पोखरामा भूकम्प सुरक्षासम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन

गुरुकुल खबर


पोखरा, भूकम्पका कारण हुन सक्ने जोखिमबारे पूर्व जानकारी दिन र भूकम्प गइसकेपछि सुरक्षित तबरले खोज एबम उद्धार कसरि गर्ने भन्ने जानकारी दिने उद्देश्यले पोखरामा भूकम्प सुरक्षासम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ २८ औं भूकम्प सुरक्षा दिवस २०८२ को अवसर पारी जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको आयोजनामा पोखराको मालेपाटनस्थित बाराही खेल मैदानमा कृतिम घटना अभ्यास गरिएको हो

संयुक्त सुरक्षा फौजका उद्धारकर्मी, स्वयंसेवक र रेडक्रस सोसाइटीका प्राथमिक उपचारका प्रशिक्षकले कृत्रिम घटना अभ्यास प्रदर्शन गरेर आमसर्बसाधारणलाई जानकारी गराएको सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेक्वाटर कालिका कास्कीका गणपति एबम सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८ औं भूकम्प सुरक्षा दिवस २०८२ शुक्रबार मनाइको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेक्वाटर कालिका कास्कीको प्राविधिक संयोजन तथा सञ्चालन, जिल्लास्थित सुरक्षा निकायको संयुक्त समन्वय एवं पोखरा महानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा नेपाली सेनाका १५, सशस्त्र प्रहरी बलका १५ र नेपाल प्रहरीका १५ गरी ४५ जना उद्धारक खटिएका थिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका ६ जना प्राथमिक उपचारका प्रशिक्षक उक्त कार्यक्रममा सहभागी  थिए।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भूकम्पीय जोखिम कम गर्न भवन निर्माण संहिता निर्माण गरी लागू गरेको बताए । उनले यो संहिता लागू गर्न सकेमा भूकम्पीय जोखिम कम हुने उल्लेख गरे । विपद् व्यवस्थापनका लागि कालिका गणले छुट्टै युनिट निर्माण गरेर काम गरेको उल्लेख गर्दै उनले महानगरले दमकल राखिने क्षेत्रमा विपद् जोखिम व्यवस्थापन केन्द्र खोलेको जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले भूकम्पीय जोखिमबाट सुरक्षित रहनको लागि पोखरामा खुला स्थानको अभाव भएको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद् जोखिम न्यूनीकरण गर्न आपतकालीन तयारीका अलवा सबै निकायको जिम्मेवारी पहिचान गरी सुदृढ गर्न कार्यक्रम गरिएको बताइन् । ताल, नदी, हिमालको नजिक रहेको पोखरा उपत्यका तीव्र सहरीकरणको कारण खुला सार्वजनिक स्थलहरुको अभाव छ,’ उनले भनिन्, ‘महानगरले जोखिम स्थानको नक्सांकन गरी आवास स्थल बन्न दिन हँदैन ।’

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सिनाले भूकम्पीय जोखिमको दृष्टिले नेपाल ११ औं स्थानमा पर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खड्काले कृत्रिम घटना अभ्यास कार्यक्रममा घटना प्रतिक्रिया टोलीले सुरुवातको उद्धार गरेको जनाए । उनले दोस्रो टोलीले भत्किएको संरचनामा फसेको व्यक्तिको खोज तथा पहिचान गरी उपचारका लागि पठाएको थियो ।

५ माघ २०८२, सोमबार ००:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा