Play

कास्कीका तिन क्षेत्रमा नेकपाबाट उमेदवार बन्दै करण, किरण र प्रेम

गुरुकुल खबर


पोखरा, नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) ले कास्की जिल्लाबाट आसन्न निर्बाचनमा उमेदवार बन्ने तीनजनाको नाम टुंगो लगाएको छ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य वामपन्थी घटकहरू मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्कीको क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ करण, क्षेत्र नम्बर २ मा किरण थापा ‘आमोद’ र क्षेत्र नम्बर ३ मा प्रेम पौडेल लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उल्लिखित तिन जनामध्ये क्षेत्र न. १ मा टिकट पाएका राजकाजी गुरुङ करण माओवादीले संचालन गरेको शसस्त्र युद्ध देखि नै कास्कीको सांगठानिक काममा सक्रिय छन उनि २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय राजनीतिको अनुभव सँगालिसकेका व्यक्ति हुन्।

यसैगरी, भूमिगत जनयुद्ध कालमा जनमुक्ति सेनाको कमाण्डरसमेत भएका किरण थापा आमोद विद्यार्थी राजनीतिबाट उदाएका हुन् । डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टी र पछि जनता समाजवादी पार्टी (जसपा) मा रहेर केन्द्रीय भूमिका निर्वाह गरेका थापा नेकपा समाहित भएपछि पहिलो पटक उमेदवार बन्दै छन।

यस अगाडी नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता प्रेम पौडेल पोखराका निर्माण सामग्री व्यवसायी समेत हुन् । कास्कीको अन्नपुर्ण गाउँ पालिकाको सल्यान घर भएका पौडेल पछिल्लो समय पोखरामा बस्दै आएका छन । कास्की -३ बाट नेकपाले उमेदवार बनाएका प्रेम पौडेल र नेकपा एमालेले उमेद्वार बनाएका दामोदर पौडेल बैरागी दुवै जना कास्कीको अन्नपूर्ण गाउँपालिका-४ सल्यानका बासिन्दा हुन ।

४ माघ २०८२, आईतवार १६:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा