पोखरा, आसन्न प्रतिनिधिसभा सदस्यको निर्बाचनका लागि कास्कीका ३ वटा निर्बाचन क्षेत्रमा बिभिन्न राजनीतिक दलको तर्फबाट चुनाब लड्ने उमेदवारहरुको छनोट गर्ने क्रम शुरु भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता यही माघ ६ गते हुने भएकोले पनि बिभिन्न राजनीतिक दल वा समूहहरुले उमेदवारको तय गर्ने प्रक्रियामा जुटिरहेका छन ।
बिशेष गरि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको मत रहेको कास्की जिल्लामा अन्य दल र स्वतन्त्र रुपमा समेत उमेदवारी पर्ने निश्चित छ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।
चुनाब लड्ने उमेद्वारको तय गर्ने काम सबैभन्दा पहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा))ले टुंग्याएको बुझिएको छ। गुरुकुल खबरलाई प्राप्त जानकारी अनुसार नेकपाले कास्की क्षेत्र न १ बाट राजकाजी गुरुङ (करण) लाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपालले गुरुङलाई उमेदवार बन्ने आधिकारिक पत्र दिएको श्रोतले जनाएको छ ।

२०६४ को निर्वाचनमा कास्की क्षेत्र नं २ बाट संबिधान सभा सदस्यमा बिजयी गुरुङ नेकपाको केन्द्रीय सदस्य पनि हुन् उनले केही समय अर्थमन्त्रालयमा राजनीतिक सल्लाहकार भएर काम गरेका थिए ।
नेकपाले कास्की क्षेत्र न २ मा मदन आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको बताइन्छ । व्यवसायिक पृष्ठभूमिका आचार्यको बारेमा र कास्की क्षेत्र न, ३ को बारेमा अन्तिम टुँगो लाग्न भने बाँकी रहेको नेकपा स्रोतले जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्वत जिल्लाबाट मनहरि तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले पर्वतमा लामो समयदेखि सक्रिय र केन्द्रीय नेतृत्वसँग निकट सम्बन्ध राख्ने तिमिल्सिनालाई अघि सारेको हो । शनिबार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले तिमिल्सिनालाई उम्मेदवारको आधिकारिक टिकट हस्तान्तरण गरेका छन् ।
पर्वतको कुश्मा नगरपालिका–१, पाङ स्थायी घर भएका तिमिल्सिना लामो समयदेखि पत्रकारिता र वामपन्थी राजनीतिमा सक्रिय छन् । उनी विशेषगरी माओवादी आन्दोलन र प्रचार विभागमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति हुन् । तिमिल्सिना यसअघि प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोस्रो र तेस्रो कार्यकालमा प्रेस विज्ञ तथा सल्लाहकारको भूमिकामा रहेर काम गरिसकेका छन् । नेतृत्वको विश्वासपात्र मानिने उनी पार्टीको सञ्चार रणनीति निर्माणमा दख्खल राख्छन् ।
नेकपा एमालेले टुंगो लगायो कास्कीका ३ उमेदवार
यसैगरी नेकपा एमालेले पनि उम्मेदवार सिफारिसको अन्तिम तयारी गरेको छ । उम्मेदवार छनोटका लागि बसेको एमालेको सचिवालय बैठकले कास्की क्षेत्र न. १ मा बैनबहादुर क्षत्री, क्षेत्र न. २ मा कृष्ण थापा र क्षेत्र न. ३ मा दामोदर बैरागीलाई उमेदवार बनाउने निर्णय गरेको बताइएको छ।
क्षेत्र न. १ मा मानबहादुर गुरुङ र दिलिप नेउपाने, क्षेत्र न, २ मा रश्मि आचार्य र प्रभा कोइरालाको साथै तेजनारायण अधिकारी लगायतको नाम पनि चर्चामा रहेको थियो। कास्की क्षेत्र न.३ मा नेकपा एमालेको तर्फबाट जगत बिश्वकर्माको पनि उत्तिकै सम्भावना देखिएको भएपनि अन्तिममा दामोदर पौडेल बैरागीलाई नै उमेवार बनाउने टुंगो लागेको हो ।
नेकपा एमालेले अधिकांश क्षेत्रको उमेदवारको टुंगो लगाएको छ बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर नाम सार्वजनिक गरिने छ । करिब ७ घण्टा लामो चलेको एमालेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेले कहाँ कहाँ कसलाई उमेदवार बनाउंदै छ त ?
सुदूरपश्चिम
कैलाली
१) द्वारिका न्यौपाने
२) सूर्यबहादुर थापा
३) गौरीशंकर चौधरी
४) लेखराज भट्ट
५) यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१) कमला बोहरा
२) वचनबहादुर सिंह
३) दीपक भट्ट
अछाम
१) झपटबहादुर बोहरा
२) यज्ञ बोगटी
बाजुरा
१) लालबहादुर थापा
डोटी
१) दीपक धामी
डडेल्धुरा
१) चक्र स्नेही
बझाङ
१) अफिलाल ओखेडा
बैतडी
१) दामोदर भण्डारी
दार्चुला
१) गणेशसिंह ठगुन्ना
कर्णाली
सल्यान
१) गुलाबजंग शाह
रुकुम पश्चिम
१) नन्दराम देवकोटा
सुर्खेत
१) धुर्व शाही
२) कुलमणि देवकोटा
कालिकोट
१) नागेन्द्र शाही (नेसनल)
जुम्ला
१) शान्तिबहादुर महत
मुगु
१) पूर्णबहादुर रोकाया
हुम्ला
१) दल फडेरा
डोल्पा
१) लङ्क रोकाया
दैलेख
१) रविन्द्रराज शर्मा
२) लक्ष्मीराज शर्मा
जाजरकोट
१) डम्मरबहादुर सिंह
लुम्बिनी
नवलपरासी
१) रामप्रसाद पाण्डे
२) भगवतीप्रसाद यादव
रुपन्देही
१) बाँकी
२) बाँकी
३) बासुदेव घिमिरे
४) बाँकी
५) खिमलाल भट्टराई
कपिलवस्तु
१) विश्राम चौधरी
२) अध्यक्षले टुङ्गाउने
३) बिरेन्द्र कडौनिया
दाङ
१) बाँकी
२) बाँकी
३) घनश्याम पाण्डे
बाँके
१) सूर्य ढकाल
२) बाँकी
३) दलबहादुर सुनार
बर्दिया
१) शालिकराम अधिकारी
२) विमला विक
पाल्पा
१) नारायण आचार्य
२) विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१) बाँकी
रोल्पा
१) गोकुल घर्ती
प्यूठान
१) सूर्य थापा
अर्घाखाँची
१) पिताम्बर भूसाल
गुल्मी
१) प्रदीप ज्ञवाली
२) गोकर्ण विष्ट
गण्डकी
नवलपुर
१) भागीरथ सापकोटा
२) तिलबहादुर महत क्षेत्री
गोरखा
१) आर.सी. लामिछाने
२) मिलन गुरुङ
लमजुङ
१) पृथ्वीसुब्बा गुरुङ
तनहुँ
१) भगवती न्यौपाने
२) केदार सिग्देल
स्याङ्जा
१) मिनप्रसाद गुरुङ
२) खिमबहादुर थापा
म्याग्दी
१) हरिकृष्ण श्रेष्ठ
कास्की
१) बैणबहादुर क्षेत्री
२) कृष्ण थापा
३) दामोदर बैरागी
बागलुङ
१) हिरा केसी
२) मञ्जु शर्मा चालिसे
मुस्ताङ
१) इन्द्रधारा विष्ट
मनाङ
१) पोल्देन सोताङ गुरुङ
पर्वत
१) पदम गिरी
बागमती
सिन्धुली
१) प्रदीप केसी (कटुवाल)
२) मनोजजंग थापा
रामेछाप
१) माधवप्रसाद ढुङ्गेल
दोलखा
१) पार्वत गुरुङ
सिन्धुपाल्चोक
१) आङदोर्जे शेर्पा
२) शेरबहादुर तामाङ
काभ्रे
१) अमित लामा
२) बाँकी
धादिङ
१) भूमी त्रिपाठी
२) धनबहादुर घले
नुवाकोट
१) बद्री मैनाली
२) केशव पाण्डे
रसुवा
१) प्रेमबहादुर तामाङ
मकवानपुर
१) रामेश्वर राना
२) महेश बर्तौला
चितवन
१) कृष्णराज (कमल) पाठक
२) अस्मिन घिमिरे
३) शंकरराज थपलिया
काठमाडौं
१) मोहन रेग्मी
२) मणिराम फुयाल
३) रामेश्वर फुयाल
४) बाँकी
५) बाँकी
६) अमनकुमार मास्के
७) बाँकी
८) राजेश शाक्य
९) बाँकी
१०) विनोद श्रेष्ठ
ललितपुर
१) चेतनाथ सञ्जेल
२) प्रेमबहादुर महर्जन
३) बाँकी
मधेश
सप्तरी
१) सुमन प्याकुरेल
२) सतिश सिंह
३) ताराकान्त चौधरी
४) बालकृष्ण चौधरी
सिराहा
१) केदार यादव
२) नविनकुमार यादव
३) लिलानाथ श्रेष्ठ
४) बिल्टु यादव
धनुषा
१) रामचन्द्र मण्डल
२) उमाशंकर अग्रहरि
३) जुली महतो
४) रघुवीर महासेठ
महोत्तरी
१) लक्ष्मी महतो कोइरी
२) रामपरिक्षण यादव
३) बाँकी
४) सरोज यादव
सर्लाही
१) बाँकी
२) बाँकी
३) हरि उप्रेती
रौतहट
१) अजय गुप्ता
२) शैलेन्द्र साह
३) कुन्दन कुशवाहा
४) रामजी शाह
बारा
१) अच्युत मैनाली
२) बलवीर चौधरी
३) ज्वाला शाह
४) किसान श्रेष्ठ
पर्सा
१) बाँकी
२) बाँकी
३) प्रमोद जैसवाल
४) जालिम मियाँ अन्सारी
कोशी
ताप्लेजुङ
१) बाँकी
पाँचथर
१) ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१) काजिमान कागते
२) सुहाङ नेम्वाङ
झापा
१) रामचन्द्र उप्रेती
२) देवराज घिमिरे
३) बाँकी
४) बाँकी
५) केपी शर्मा ओली
संखुवासभा
१) डा. अर्जुन कार्की
धनकुटा
१) राजेन्द्र राई
भोजपुर
१ ) शेरधन राई
तेह्रथुम
१) भानुभक्त ढकाल
सुनसरी
१) सूर्य पन्दाक
२) बाँकी
३) बाँकी
४) भगवती चौधरी
मोरङ
१) घनश्याम खतिवडा
२) दिलीप बगेडिया
३) दिलीप राई
४) जीवन घिमिरे
५) बाँकी
६) बाँकी
सोलुखुम्बु
१) कल्पना राई
ओखलढुंगा
१) अस्मिता थापा
उदयपुर
१) दुर्गा थापा स्वोती
२) अमर रायमाझी
खोटाङ
१) देवविक्रम राई














