Play

पोखराको भरतपोखरी स्थित शान्ति उदय माविको वार्षिकोत्सव

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित शान्ति उदय माध्यमिक विद्यालयले आफ्नो ६६ औं वार्षिकोत्सव एवम् ६७ औं अभिभावक दिवस एक समारोहका बीच आज सम्पन्न गरेको छ । कार्यक्रमको विद्यालयका पूर्व विद्यार्थी समेत रहनुुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा खेलेको भूमिका अतुुलनीय भएको बताउँदै यसको समग्र विकासका लागि सबैको सामुहिक प्रयास आवश्यक हुुने बताए । विद्यालयको अक्षयकोष स्थापनाको अभियानका लागि उहाँले आफ्ना तर्फबाट एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलप्रसाद आचार्यले विगतमा तीन जिल्लाको आकर्षक शैक्षिक गन्तव्यका रुपमा रहेको शान्ति उदयको आफ्नै विशिष्ट गरिमा र महत्व रहेको बताए ।  नेपाल विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि जग्गा उपलब्ध गराउनका लागि आग्रह गरेको उनले जानकारी दिए ।

पूर्व विद्यार्थी एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी आचार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिसँगै यहाँको समग्र विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए । विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटीले विद्यालयको समग्र शैक्षिक एवम् भौतिक प्रगति लगायतका विषयमा जानकारी गराए ।

कार्यक्रममा वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, पूर्व विद्यार्थी एवम् शहरी योजना आयोग पोखराका पूूर्व उपाध्यक्ष प्रेमलाल लामिछाने, एनआइएमवि बैंकका सञ्चालक मदन आचार्य, विद्यालयका शिक्षक देवराज शर्मा लगायतले आआफ्नो भनाई राखेका थिए ।

उक्त अवसरमा विद्यालयद्वारा आयोजित वडा स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीका साथै विद्यालयका विभिन्न कक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने सहयोगदातालाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा ग्रिन डेभलपमेन्ट बैंकका तर्फबाट विद्यालयलाई एक थान कलर प्रिन्टर सहयोग हस्तान्तरण गरिएको थियो ।

३ माघ २०८२, शनिबार १२:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा