पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक बिधालयलाई लक्ष्मी सनराईज बैकको अमरसिंहचोक शाखाद्धारा एक थान युरोगार्ड उपलव्ध गराएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने लक्ष्यका साथ विद्युतीय युरोगार्ड प्रदान गरेको हो ।
विद्यालयमाआयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई बैकका शाखा प्रमुख दिपक कडेलले २२ हजार रुपैया मुल्य बरावरको युरोगार्ड हस्तान्तरण गरेका हुन ।कार्यक्रममा वैकका माधव प्रसाद दवाडी, वलराम पौडेल र सुस्मीता ढकाल लगायत सहभागी थिए ।
उक्त अवसरमा शाखा प्रमुख कंडेलले कक्षा ९ र १० का विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी प्रशिक्षण प्रदान गर्दै आम्दानी अनुसारको खर्च व्यवस्थापन गर्न सके भविष्य सुरक्षित हुने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापकअर्जुन कडेलले स्वागत र शिक्षिका चन्द्रा तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए। विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।















