Play

निर्मलपोखरीको पृथ्वी खेल मैदानमा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता शुरु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२१ निर्मलपोखरीस्थित पृथ्वी खेल मैदानमा आयोजित प्रथम वडास्तरीय भलिबल प्रतियोगिता सोमंबार शुरु भएको छ । मैदान टोल विकास संस्था र साम्मेली युवा क्लबले संयुक्त रुपमा उक्त प्रतियोगिता आयोजना गरेको बुझिएको छ।

प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टोलीलाई क्रमश ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिईने भएको छ । यसका साथै बेस्ट स्पाइकर, ब्लकर, डीफेन्डर, सेटर, सर्भर र उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र प्रमाणपत्र दिईने बुझिएको छ।

नेपाली काँग्रेसका युवा नेता एबम महासमिति सदस्य बिरेन्द्रनारायण बिजुक्छेको प्रमुख आतिथ्यतामा सोमबार बिभिन्न खेलहरु भएका थिए । त्यस अबसरमा बोल्दै कांग्रेस नेता बिजुक्छेले युवाहरुलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त बनाउन मात्र नभएर अनुशासनको आबश्यकताको बारेमा बुझ्न पनि खेलकुद प्रतियोगिताले सहयोग पुग्ने बताए।

उक्त प्रतियोगिताको शुरुवातमा उद्घाटन समारोहका अध्यक्ष बेनीमाधव भण्डारी, पोखरा -२१ का पुर्व वडाध्यक्ष खगराज आचार्य र इन्द्रबहादुर नेपाली लगायतले भलिबल प्रतियोगिता र स्थानीय सर्बसाधारणले भोग्नुपरेका समस्याहरुको बारेमा आआफ्नो भनाई राखेका थिए ।

२१ पुष २०८२, सोमबार १९:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा