पोखरा, कास्की जिल्लाबाट बिभिन्न मुलुकमा पुगेर बिभिन्न पेशा र व्यवसायमा संलग्न कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पोखरामा हालै आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ। रक्तदान कार्यक्रमको लागि समाजको नेपाल च्याप्टर र लायन्स क्लब अफ पोखरा अर्पणले समेत सहकार्य गरेका थिए।

रक्तदान गर्नेहरुमा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार प्रकाशलाल श्रेष्ठ र गंगाधर पराजुली सहित प्रकाश गुरुङ, बसन्त बन्जरा, सुशान्त बराल, हिरा जिसी, अमृत खत्री, बिकासराज बराल, अजय अधिकारी, अनुपा तिवारी, दण्ड राजभाट, मानबहादुर सुनार, बाबुराम आचार्य, भानुभक्त ढकाल रहेका थिए।
यसैगरि आयुष बस्नेत, सोभितबहादुर कार्की क्षत्री, पुजा गिरि, यामप्रसाद तिमिल्सिना, भुपेन्द्र खड्का, सिम्रन पुन, ज्ञानेन्द्रराज कोइराला, सनत पहारी, देबिप्रसाद कुइंकेल, रामबहादुर भण्डारी,कृष्णप्रसाद तिमिल्सिना, नारन खड्का, खिमप्रसाद गुरुङ, सुरेश अधिकारी, शिबकुमार रम्तेल, केशबहादुर गुरुङ, सुजन सुबेदी, बिश्वास थापा र गोबिन्द प्रसाद बरालले पनि रक्तदान गरेका थिए ।

मानव जीवनरक्षा र सामाजिक उत्तरदायित्वलाई ध्यान दिर्दै परिषद्ले ‘पुण्य कमाउनेछ मनले, जीवन बचाउनेछ रक्तदानले’ नाराका साथ उक्त रक्तदान कार्यक्रम गरेको जनाएको छ। सोहि कार्यक्रममा पोखरामा रहेर ९० पटक रक्तदान गरिसकेका जितेन्द्रमान शाक्यलाई दोसल्ला तथा मायाको चिनोसहित संस्थाले सम्मान गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले संस्थाले मानव कल्याणकारी कार्य गरेको भन्दै संस्थासँग आगामि दिनमा सहकार्य गरेर पोखरा लगायत कास्की जिल्लाको बिकासमा योगदान गर्न सकिने बताए ।

समाजका संरक्षक तिलकशाली सापकोटाले कास्की जिल्ला लगायत यस क्षेत्रमा रगतको अभाव हुनसक्ने भएकोले असल कर्मको रुपमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको बताए। रक्तदान कार्यक्रमका संयोजक एवं संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सिनाले सरोकारवाला सबैको साथ सहयोगबाट कार्यक्रम सम्पन्न भएको बताउँदै संस्थाले मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाए।
त्यस अवसरमा सल्लाहकार प्रकाशलाल श्रेष्ठ, अमेरिका अध्यक्ष डम्बरजंग गुरुङ, लायन्स क्लब अफ पोखरा अर्पणका जिल्ला निर्देशक हीरा भण्डारी कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदका सचिव पूजा शाह ठकुरी, समाजका कोषाध्यक्ष विकास अधिकारी लगायतले संस्थाका बिबिध गतिबिधिबारेमा चर्चा गर्दै कास्की जिल्लाको शैक्षिक, सामाजिक लगायतका क्षेत्रमा संस्थाले बिभिन्न गतिबिधि गर्दै आएको जानकारी दिए।

यसैबीच, कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिब बानियाले गुरुकुल खबरसंग कुरा गर्दै २०७३ सालमा स्थापित कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् हाल ३० भन्दा बढी मुलुकमा संगठित भैसकेको र संस्थाले बिभिन्न मुलुकमा रहेका कस्केलीलाई जोड्दै आंफ्नो जन्मस्थल कास्की जिल्लालाई समृद्ध बनाउन बिभिन्न पहल गरिरहेको जानकारी दिए ।
संस्थाका महासचिब केदार कुँवरले परदेशी भूमिका बिभिन्न किसिमको समस्यामा परेका कस्केलिहरुलाई र नेपालमा हुने प्राकृतिक बिपत्ति लगायतका घटनमा सहयोग गर्दै आएको जानकारी दिंदै समाजले समय समयमा अन्तराष्ट्रिय सम्मेलन गरेर कास्की जिल्लाको बिकासको लागि पहल गर्दै आएको जानकारी दिए।























