पोखरा, पोखरा महानगरपालिका-७ मासबार निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य एबम धार्मिक र सामाजिक व्यक्तित्व बालकृष्ण बरालको ७८ बर्षको उमेरमा निधन भएको छ। स्थानीयस्तरमा ‘धनसारे’ को नामले परिचित बराल बिगत दुई बर्षदेखी मृगौलाको समस्याका कारण बिरामी परेको थिए। उनको आइतबार राति निधन भएको हो।
स्व, बराल लामो समयदेखि नेपाली काँग्रेसको क्रियाशील सदस्यको रुपमा रहँदै आएका थिए। उनले स्थानीयस्तरमा बिभिन्न सामाजिक संघसंस्था र धार्मिक संस्थाहरुमा बिशेष सक्रिय रहेर काम गर्दै आएका थिए ।
पोखराको बिरौटास्थित राममन्दिर ब्यबस्थापन समितिको कोषाध्यक्ष, पोखरा -७ मासवारस्थित पुष्करेश्वर महादेव मन्दिर समितिको कोषाध्यक्ष एबम स्थानीय पोखरी पाटनस्थित लक्ष्मी नारायण मन्दिर ब्यबस्थापन समितिको उपाध्यक्ष समेत रहेर उनले काम गरेका थिए।
स्व. बरालका एक छोरा श्रीकृष्ण बराल र एक छोरी राधा बराल गौतम रहेका छन। अर्का छोरा माधव बराल र बुहारीको यस अगाडी नै निधन भैसकेको थियो भने उनकी धर्मपत्नी हरिकला बराल ( बाटुली ) को पनि २०५४ सालमा नै निधन भएको स्थानीय धार्मिक व्यक्तित्व एबम नेपाली काँग्रेस पोखरा महानगरसमितिका पुर्व सचिब सरोजनारायण बरालले गुरुकुल खबरलाई जानकारी दिए ।
स्व, बरालको शवमा नेपाली काँग्रेसका महासमिति सदस्य बिरेन्द्रनारायण बिजुक्छे, महासमिति सदस्य ऋषिराम काफ्ले र कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे लगायतले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्दान्जली अर्पण गरेका थिए । शवयात्रामा स्थानीय सर्बसाधारण र आफन्तजनसंगै नेपाली काँग्रेस लगायत बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत सहभागी थिए ।















