Play

रास्वपाको पहिलो उपसभापति घिसिंग, स्वर्णिम वाग्ले पुगे तेश्रो बरियताको उपसभापतिमा (सहमति पत्र सहित)

गुरुकुल खबर


पोखरा, उज्यालो नेपाल पार्टी स्थापना गरेका कुलमान घिसिंग अन्तत: पहिलो वरियताको उपसभापति बन्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो सहमति सँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्तत: एक ठाउँ उभिएका छन्।

घिसिंगले आँफुलाई सहसभापति बनाए मात्र एक हुन सकिने अडान राख्दै आएको भएपनि अन्तत घिसिंग उपसभापतिको रुपमा पहिलो बरियतामा रहन सहमत भएका हुन।

आज सोमबार राति भएको सहमति पत्रको चौथो बुँदामा उल्लेख भएअनुसार अब रास्वपामा तीनजना उपसभापति रहने छन्। तीमध्ये कुलमानको नाम सबभन्दा अगाडि छ। घिसिंगपछि डिपी अर्याल र स्वर्णिम वाग्लेको नाम उपसभापतिमा रहेको छ।

स्वर्णिम वाग्ले यस अगाडी तनहुँमा भएको उपचुनाबको बेला रास्वपामा प्रवेश गरेर तनहुँ -१ को उमेद्वार  बनेका थिए । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्बाचित भएपछी रिक्त हुन् पुगेको नेपाली काँग्रेसको प्रभाव रहेको मानिने उक्त क्षेत्रबाट निर्बाचनमा बिजयी वाग्लेलाई रास्वपाको सम्भावित सभापतिको रुपमा समेत बेला बेलामा चर्चा गर्ने गरिएको भएपनि उनलाई डिपी अर्याल र कुलमान घिसिंगले पछाडी परेको छन।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने’ सोमबार राति भएको सहमतिमा उल्लेख छ।

सोमबार राति भएको सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। बालेन भने सहमतिको साक्षी बसेको बताइएको छ।

सहमति पत्र :

१४ पुष २०८२, सोमबार २१:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा