Play

त्रिविको ५१ औं दिक्षान्त समारोह आज काठमाडौँमा, १६ हजार बढी बिधार्थी दिक्षित हुँदै

गुरुकुल खबर


काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज बिहीबार काठमाडौँमा हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए ।

त्रिभुवन विश्वविधालयका १६ हजार ३८० जना विद्यार्थीहरु यस पटक दीक्षित हुन लागेको जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावक सहित ४१ हजार व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

उक्त कार्यक्रममा सहभागी बन्नर त्रिभुवन बिश्वबिधालयबाट सम्बन्धन प्राप्त मुलुकको बिभिन्न स्थानका क्याम्पसबाट अध्ययन सकेका बिधार्थी र तिनका अभिभावकहरु समेत काठमाडौँ पुगिसकेको र पुग्ने क्रममा रहेको बुझिएको छ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।  यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले मात्र दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए ।

बिहिबार हुने दिक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यकर्म रहेको छ । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

उपकुलपति प्रा डा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए ।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएको विश्वबिधालयले जनाएको छ।

१० पुष २०८२, बिहीबार ०६:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा