Play

कांग्रेसको महाधिबेशन र आमनिर्वाचन तोकिएकै समयमा हुनु जरुरी : कांग्रेस केस महर

गुरुकुल खबर


काठमाडौं,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं आसन्न १५ औं महाधिवेशनका लागि महामन्त्रीका दाबेदार नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आमनिर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन।

काठमाडौंको नयाँबानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचनको विकल्प नरहेको जिकिर गरे ।

‘लोकतान्त्रिक व्यवस्थामा आमनिर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्वपूर्ण अवसर हो भन्दै महरले पार्टीभित्रको आन्तरिक जीवनलाई चलायमान बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न पनि महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए ।’यसमा कुनै पनि प्रकारको विलम्ब गर्नुहुँदैन’ नेता महरले भने ।

उनले वर्तमान राजनीतिक सन्दर्भमा निर्वाचन र महाधिवेशनलाई पर धकेल्ने वा बिथोल्ने खालका कुनै पनि गतिविधि भए त्यो कांग्रेस, संविधान र समग्र राष्ट्रकै हित विपरीत हुने दाबि गरे । ‘संविधानले कोरेको लिकभन्दा बाहिर जाने छुट कसैलाई छैन । समयमै निर्वाचन र महाधिवेशन सुनिश्चित गर्नु नै अहिलेको मुख्य दायित्व हो’ उनले भने ।

८ पुष २०८२, मंगलवार १४:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा