Play

गण्डक बचत तथा ऋण सहकारीको नयाँ संचालक समिति, अध्यक्षमा दिपेन्द्र

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका -१७ बिरौटामा कार्यालय रहेको गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सेयर पंँजी २ करोड ८५ लाख ९३ हजार कायम भएको छ । सहकारीका अध्यक्ष दीपेन्द्रराज ढकालले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको कुल निक्षेप २ करोड ६२ लाख ४० हजार ८ सय ४८ पुगेको छ । सहकारीको गत आर्थिक वर्षको कुल निक्षेप २ करोड ३८ लाख ५१ हजार ४ सय १० थियो ।

सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ५ करोड ५८ लाख २७ हजार २१ रुपैयाँ कर्जा प्रवाह गरेको संस्त्जको छैटौं साधारणसभामा जानकारी दिइएको हो । सहकारीले आर्थिक वर्ष २०८०/०८१मा ४ करोड २६ लाख ४४ हजार ८ सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष ढकालले जनाए। सभामा अध्यक्ष ढकालले नीति विधि र कार्यविधि अनुसार सहकारीले वित्तिय अनुशासन कायम गरी गतिविधि अगाडि बढाएको बताए ।

वार्षिक साधारण सभा एबम अधिबेशनबाट सहकारीको सञ्चालक समितिको अध्यक्ष दीपेन्द्रराज शर्मा, उपाध्यक्ष पुरुषोत्तम पौडेल, सचिव हरिशंकर भण्डारी, कोषाध्यक्ष मातृका सुवेदी चयन भएका छन् । सञ्चालक समिति सदस्यमा महेन्द्रकुमार देवकोटा, विना थापा, प्रकाश अधिकारी, सोनम केसी र कृष्णप्रसाद पनेरु चयन भएको अध्यक्ष शर्माले जानकारी दिए । सभाले लेखा सुपरीवेक्षण समितिका संयोजकमा दिपेश सापकोटा, सदस्यमा दिपेश सापकोटा र मधु पौडेललाई चयन गरेको छ । साधारण सभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पुरुषोत्तम पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका सदस्य लेखनाथ अधिकारीले पेश गरेको लेखा समितिको प्रतिवेदन सुधारसहित पारित गरेको जनाइएको छ।

कार्यक्रममा उत्कृष्ट कर्जा कारोबारतर्फ कृष्णप्रसाद पनेरु, तारापति सापकोटा, सीता सुवेदी कोइराला, उत्कृष्ट बचत कारोबारतर्फ सोनम केसी, विना थापा, प्रमिला ओझा सुवेदी, ज्येष्ठ सेयर सदस्य हिरामान श्रेष्ठ, धनमाया उपाध्याय सहकारीका प्रबन्धक विकास सुवेदी, कर्मचारी सीता बराल सुवेदीलाई सम्मान गरिएको छ । उत्कृष्ट विद्यार्थीहरु सुवोध चापागाई, इच्छा सुवेदी, प्रतीक अधिकारी, जेनिशा पौडेललाई सम्मान गरिएको अध्यक्ष शर्माले बताए । कार्यक्रममा सहकारीको संस्थापक अध्यक्ष ध्रुवराज पनेरु, सहकारीका सचिव डिल्लीराम पनेरु, शिक्षा समितिका संयोजक प्रकाश अधिकारी लगायतले सहकारीका बारेमा बोलेका थिए ।

८ पुष २०८२, मंगलवार १३:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा