Play

काँग्रेस पोखरा महानगरका सदस्य एबम उपप्राध्यापक रबिन्द्र बराललाई मातृशोक

गुरुकुल खबर


पोखरा,  पोखरा विश्वबिधालयमा प्राध्यापनरत रबिन्द्र बराललाई मातृशोक परेको छ। उनकी आमा पोखरा महानगरपालिका -१३ आर्वा निवासी लिलादेबी बरालको ७७ बर्षको उमेरमा आज मंगलवार बिहान ४ बजे उपचारकै क्रममा निधन भएको हो।

बिगत केहि बर्षदेखि शारीरिक रुपमा अशक्त रहेकी उनको स्वास्थ्यमा पछिल्लो समय अन्य समस्या पनि देखिएको थियो।  त्यसपछि उनलाई उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको बरालका छिमेकी समेत रहेका नेपाली काँग्रेस पोखरा महानगर समितिका उपसभापति भवसागर बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

स्व. बरालका श्रीमान कृष्णप्रसाद बराल, छोराहरु दामोदर बराल, गोपाल बराल र रबिन्द्र बराल सहित एक छोरी पनि छन। छोराहरु मध्ये दामोदर र गोपाल नेपाल सरकारी सेवा अर्थात निजामती कर्मचारी हुन।

अर्का छोरा रबिन्द्र बराल पोखरा बिश्वबिद्यालयका उपप्राध्यापक छन । उनि यस अगाडी पोखरा बिश्वबिद्यालय कर्मचारी संघको अध्यक्ष समेत रहेर काम गरेको पोखरा विश्वबिद्यालयका सहप्रशासक तेजनारायण पराजुलीले जानकारी दिए । उनि नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिको सदस्य समेत हुन।

यसैबीच, नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्र बिजुक्छेले कार्यसमितिका सदस्य रबिन्द्र बरालकी आमाको असामयिक निधन प्रति दुख ब्यक्त गर्दै शोकमा रहेका रबिन्द्र बराल सहित परिवारजनमा समबेदना प्रकट गरेको जनाएका छन।

 

८ पुष २०८२, मंगलवार ११:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा