Play

संसद पुनर्स्थापना अनि सर्बदलीय सरकार बनाएर मात्र चुनाब हुनुपर्नेमा एमाले सचिब अधिकारीको जोड

गुरुकुल खबर


पोखरा, नेकपा (एमाले) केन्द्रीय कमिटीका नबनिर्बाचित सचिव खगराज अधिकारीले जहिले चुनाव भएपनि एमाले जनमतबाट अनुमोदन भएर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले आवधिक निर्वाचनमा विश्वास गर्ने एमाले चुनावबाट कहिलेपनि नाभाड़ने दाबि गरे । पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले वर्तमान सरकारको कारण चुनाव हुन नसक्ने अडान राखे ।

‘वर्तमान सरकारले चुनावको तयारी गर्नभन्दा अन्तै ध्यान दिएको छ, ’उनले भने, ‘आगामी फागुन २१ को प्रतिनिधि सभाको चुनाव हुदैन । चुनाव हुनेगरी सरकार गएको छैन ।’ उनले चुनाबको लागि दल मुख्य निर्णायक भएपनि वर्तमान सरकारले दलको सहमति विना आचार संहिता बनाएको आरोप लगाए । नेता अधिकारीले मुख्य नेताको पासपोर्ट रद्द गरेर तथा स्थानहद तोकेर प्रचार प्रसारमा जान नदिएर चुनाव हुन नसक्ने अडान राखे ।

गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री समेत रहेका अधिकारीले जेन्जीको प्रर्दशनको क्रममा नेपाल प्रहरीको लुटेको हतियार फिर्ता र फरार अपराधीलाई जेल नहालेसम्म चुनावको वातारण बन्न नसक्ने दाबी गरे । प्रहरीका लत्ता कपडा र प्रहरीले प्रयोग गर्ने हात हतियार र गोलाबारी बाहिर भएको उल्लेख गर्दै उनले प्रहरीका तिनै हात हतियार र पोशाकका साथ मतदान केन्द्रमा आएको खण्डमा नेपाल प्रहरी भ्रममा पर्न सक्ने बताए ।

अधिकारीले प्रतिनिधि सभाको पुनस्थापना पश्चात सर्वदलीय सरकार बनाएर मात्र चुनावमा जान सकिने प्रस्ताव गरे । प्रतिनिधि सभा जलेको र असंवैधानिक तबरले भंग भएको आरोप लगाउँदै नेता अधिकारीले प्रतिनिधि सभाको विघटनको विघटनलाई असंवैधानिक र अवैधानिको संज्ञा दिए । विगतमा केपी शर्मा ओलीले ससंद सदस्यको दुई/ तिहाईको नेतृत्व गर्दा विकल्प खोज्न भनिएको चर्चा गरे । एमालेले सरकार नेतृत्वको दाबी नगर्ने जानकारी दिँदै उनले सर्वदलीय सरकार बनाएर संविधान संशोधन गरेर चुनावमा जान पर्ने विकल्प पेश गरे ।

उनले प्रतिनिधि सभाको पुनस्थापना मार्फत सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको नवयुवाको मागलाई सम्बोधन गर्न सकिने बताए । उनले संसदको पुनस्थापना गरेर घायल भएको संविधानलाई लिगमा ल्याउन पर्ने उल्लेख गरे । उनले वर्तमान सरकारबाट भएको सबै असंवैधानिक कामलाई वैधानिक बनाउन ससंद पुनस्थापना गरेर संविधान संशोधन गर्नु पर्ने बताए

उनले जेन्जी प्रर्दशनको नाममा भएको आगजनी तोडफोड र लुटपाटका घटनाले राजनीतिक अस्थिरता चाहनेलाई फाइदा पुगेको जनाए । उनले नेपालको प्राकृतिक श्रोत र साधन माथिको बक्र दृष्टि राख्ने पक्षबाट बारम्बार आक्रमण भएको आरोप लगाए । एउटै रसायन (केमिकल)को प्रयोग गरेर आगजनी भएको उल्लेख गर्दै उनले सोही रसायनको कारण अहिलेपनि आगो लाग्न सक्ने दाबी गरे । नेपाललाई युद्ध मैदान बनाएर सिक्किम र भुटान बनाउने षडयन्त्र भएको आरोप लगाउँदै उनले राष्ट्र र राष्ट्रियताको रक्षाको लागि कांग्रेस र एमालेले गठबन्धन गरेको स्मरण गराए ।

नेता अधिकारीले ‘निर्णयक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नाराका साथ मुलतः एमाले एकताबद्ध भएको जानकारी दिए । पार्टीको ११ औं महाधिवेशनपछिका पराकम्पनको सामान्य गतिविधिलाई व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उनले एमाले सुदृढ भए लोकतन्त्र र राष्ट्र जोगिने दाबी गरे । कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका उपाध्यक्ष गिरीधारी पोखरेल, सचिव अनुप पौडेलले बोलेका थिए ।

८ पुष २०८२, मंगलवार ०८:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा