पोखरा, बिभिन्न पेशा र ब्यबसायको क्रममा कास्की जिल्लाबाट बिभिन्न मुलुकमा पुगेर बसोबास गर्दै आएका कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले आगामी शुक्रबार पोखरामा रक्तदान कार्यक्रम कार्यक्रम गर्ने भएको छ। संस्थाले बिगतका बर्षहरुमा पनि रक्तदान कार्यक्रमका अतिरिक्त बिभिन्न सामाजिक एबम परोपकारी काम समेत गर्दै आएको छ ।
पोखरा लगायत मुलुकका बिभिन्न स्थानमा रगतको अभाव भएको अबस्थालाई दृष्टिगत गरि संस्थाले आंफ्नो सामाजिक उत्तरदायित्वलाई समेत मध्यनजर गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शिब बानियाले गुरुकुल खबरलाई जानकारी दिए।
पुण्य कमाउने छ मनले, जीवन बचाउनेछ रक्तदानले” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको र आबश्यक तयारी करिब पुरा भएको कार्यक्रम संयोजक समेत रहेका संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सीनाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखरा र कास्की आदर्श समाज नेपालको समन्वयमा पोखराको पृथ्वीचोकमा शुक्रबार बिहान उक्त कार्यक्रम हुन लागेको तिमिल्सिनाले बताए ।
सन् २०१७ मा स्थापित कास्की आदर्श समाज ‘कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने नारासहित बिभिन्न मुलुकका कस्केलीहरु माझ बिस्तार हुँदै गएको छ। हाल विश्वका बिभिन्न ३३ मुलुकमा कास्की आदर्श समाज गठन भएको र सबै मुलुकमा गठित कास्की समाजलाई समन्वय गर्न अन्तराष्ट्रिय समन्वय परिषद बनाइएको बुझिएको छ।
संस्थाले बिदेशमा समस्या भोग्नुपरेका कस्केलीहरुको साथै नेपालमा पनि बिभिन्न दैबिबिपत्तिका घटना सहित बिभिन्न परोपकारी काममा संस्थाले सहय्ग गर्दै आएको छ । संस्थाले कास्की जिल्ला स्थित बिभिन्न विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी एवम् न्यानो कपडा वितरण गर्ने कार्यक्रम समेत तय गरेको जनाएको छ।
















