Play

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्रता

गुरुकुल खबर


पोखरा,  पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि  व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।

जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष  गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य, विजय गुरुङ, षडानन्द गौतम, भीम सुवेदी, सकुन्तला लम्साल, लेकमाया पुन, राम बहादुर लामिछाने, सागर भण्डारी, दिलिप लामा,  गोप बहादुर अधिकारी, धन लामा, निरोज बहादुर नेपाली  छन् ।

सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा सुरज अधिकारी,  सदस्यहरूमा शान्ता सुवेदी, भीम सुवेदी, सकुन्तला लम्साल, राजाराम पौडेल र भरत बानियाँ रहेका छन् ।  खेल तथा खेलाडी दर्ता उपसमिति अन्तरगत भलिबल संयोजकमा राम बहादुर लामिछाने,  कबड्डी संयोजकमा सागर भण्डारी, एथलेटिक्स संयोजकमा गोप बहादुर अधिकारी, तेक्वान्दो संयोजकमा हर्क गुरुङ, उसु संयोजकमा शुकदेव रोक्का, कराते संयोजकमा  धन लामा रहेका छन् ।

मार्चपास व्यवस्थापन उपसमिति संयोजकमा हरि जिसी, सदस्यहरूमा पुरुषोत्तम थापा र षडानन्द गौतम, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति  संयोजकमा पुरुषोत्तम थापा तथा सदस्यहरूमा किसान भण्डारी र लेकमाया पुन रहेका छन् । स्वास्थ्य व्यवस्थापन उपसमिति  संयोजकमा प्रविण रानाभाट   र  सदस्यमा पोषण बहादुर थापा मञ्च निर्माण, सजावट तथा सांस्कृतिक व्यवस्थापन उपसमिति   संयोजकमा प्रीति बराल, सदस्यहरूमा लेकमाया पुन, सकुन्तला लम्साल, सोमनाथ भण्डारी र मोना गुरुङ रहेका छन् ।

खेल मैदान, सरसफाइ तथा पानी व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मण कुँवर र सदस्यहरूमा विजय गुरुङ, परशी शेर्पा, गङ्गा थापा, श्याम बिक, सरोज पुन रहेका छन् । अनुगमन उपसमिति संयोजकमा हेम प्रसाद आचार्य, मिडिया प्रचार तथा प्रसार उपसमिति  संयोजकमा राजाराम पौडेल, प्राविधिक उपसमिति  संयोजकमा राजन पौडेल र सहसंयोजकमा सिद्धान्त अधिकारी रहेका छन् । जिल्ला छनोट निर्णायक समिति भलिबलमा बल बहादुर श्रेष्ठ, कौशिल्या खत्री, रमेश जिसी, लेखनाथ लम्साल, कबड्डीमा राजकुमार थापा, हरि जिसी, कविता आले, एथलेटिक्समा गोप बहादुर अधिकारी ,सिद्धान्त अधिकारी, गज बहादुर गुरुङ रहेका छन् ।

पोखरा महानगर खेलकुद विकास समिति  खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।  खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको हो ।

१ पुष २०८२, मंगलवार २२:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा