Play

पोखरामा सिर्जना कप छात्रछात्रा भलिबल प्रतियोगिता हुँदै, बिजेतालाई १/१ लाख पुरस्कार

गुरुकुल खबर


पोखरा, सृजना विकास केन्द्रको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय ‘सृजना कप छात्र–छात्रा भलिबल प्रतियोगिता–२०८२’ हुने भएको छ ।यहि पुस २२ गतेदेखि २४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने उक्त प्रतियोगितामा कास्की जिल्लाभित्रका सामुदायिक (सरकारी) विद्यालयका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने केन्द्रका अध्यक्ष चन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा झण्डै २० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । स्थानीयस्तरबाट खेल प्रतिभाको पहिचान गर्दै भावी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सृजना विकास केन्द्रले जनाएको छ । यस प्रतियोगिताले विद्यालयस्तरमै भलिबल खेलप्रति आकर्षण बढाउने र खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

प्रतियोगितामा प्रथम हुने छात्र तथा छात्रा टिमले जनही १/१ लाख रुपैयाँ नगद प्राप्त प्रतियोगिता संयोजक बालकृष्ण बरालले जानकारी दिए । उनका अनुसार दोस्रो हुनेले जनही ५०/५० हजार र तेस्रो हुने विद्यालयले ३५/३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका उत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, सर्भर र बेस्ट प्रशिक्षकलाई जनही १/१ थान भलिबल प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताबाट १२ लाख ५० हजार रुपैयाँ आम्दानी गरी १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । बचत रकम सुजना विकास केन्द्रले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गर्ने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो  ।

१ पुष २०८२, मंगलवार २२:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा