Play

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

गुरुकुल खबर


पोखरा, पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार भरत कोइराला नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’बाट शुक्रबार आयोजित समारोहमा सम्मानित भएका छन् ।

पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरे । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले यसै वर्ष ५ लाखको अक्षयकोष स्थापना गरेको हो ।

स्याङ्जाको पुतलीबजारका कोइरालाले २०५९ देखि अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गरेका थिए । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उनी २०६५ देखि पोखरामा रहेर प्राध्यापन र पत्रकारितामा सक्रिय छन् । उनले यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

कार्यक्रमका बोल्दै मेयर आचार्यले फोनिजले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरिँदा समावेशीताको सन्देश गएको बताए । जताततै निराशा देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारलाई सम्मान गरिएको उनको भनाइ छ ।

पुरस्कार प्राप्त गरेपछि कोइरालाले पत्रकारिता अहिले संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा बताए । ‘विज्ञापन बजार खुम्चिएको छ। धेरै मिडिया हाउस बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा छन्’, उनले भने, ‘गण्डकीमा पनि अनलाइनहरूको संख्या बढेको छ, तर गुणस्तरीय र दिगो सामग्री पस्किने चुनौती यथावत छ ।’

कार्यक्रममा पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन), फोनिजका संघीय सचिव एमबी आस्थामगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव सुरज थापामगर लगायतले आआफ्नो भनाई राखेका थिए ।

२८ मंसिर २०८२, आईतवार १२:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा