Play

गण्डकीबाट एमालेको पदाधिकारी बन्न ६ जनाको र कास्कीबाट केन्द्रीय सदस्य बन्न कम्तिमा १० जनाको दौडधुप

गुरुकुल खबर


पोखरा, नेकपा एमालेको महाधिवेशन नाजिकिदै गर्दा गण्डकी प्रदेशबाट एमालेको केन्द्रीय पदाधिकारी एबम केन्द्रीय समितिको सदस्यमा प्रतिनिधित्व गर्न चाहनेहरुको संख्या उल्लेखनीय रहने देखिएको छ। केन्द्रीय अध्यक्षमा बर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने करिब निश्चित भएको छ।

एकातिर केन्द्रिय अध्यक्षमा ओली र पोखरेलको प्रतिष्पर्धा हुने र अर्को तिर गण्डकी प्रदेशभित्र पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी बिचको लामो आन्तरिक प्रतिष्पर्धाको कारण बिगतको समीकरणमा परिबर्तन आउने सम्भावना बढेको छ। जसका कारण गण्डकी प्रदेशका थुप्रै एमाले नेताहरु अन्योलमा परेका छन ।

केन्द्र र प्रदेशका नेताहरुको आन्तरिक प्रतिष्पर्धाका कारण अन्योल बढेको भएपनि आआफ्नो ढंगबाट केन्द्रीय समितिको पदाधिकारी एबम सदस्यमा प्रतिष्पर्धा गर्नको लागि सबैले व्यक्तिगत र आन्तरिक रुपमा तयारी शुरु गरिसकेका छन। 

गण्डकी प्रदेशबाट नेतृत्वमा दाबी पेस गर्ने मुख्य व्यक्तिको रुपमा वर्तमान उपमहासचिव एवं गण्डकी प्रदेश सरकारका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन उनले पार्टीको महत्वपूर्ण पद महासचिवको लागि आँफुलाई प्रस्तुत गरेको भएपनि सहज भने देखिएको छैन । महासचिबको लागि प्रदिप ज्ञवाली समेत आकन्क्षी भएकोले गुरुङ उपाध्यक्षमा जानुपर्ने अबस्था आउन सक्ने कतिपयको भनाई छ।

गण्डकी प्रदेशबाट वहालवाला सचिव पद्मा अर्यालले उपमहासचिवको लागि आँफुलाई अगाडी बढाएकी छन अर्यालले गण्डकीबाट महिला नेतृत्वको प्रतिनिधित्व गर्दै पदाधिकारीमा आफ्नो सिट सुरक्षित गर्न लबिङ तीव्र पारेकी छन् । यसैगरी गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ र  गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य खगराज अधिकारी पनि यसपटक पदाधिकारीमा सुरक्षित हुन चाहेका छन् । गुरुंगले उपाध्यक्ष वा सचिब र अधिकारीले सचिव बन्ने आकांक्षा देखाएका छन् । सचिव पदका लागि गण्डकीबाट पूर्वमन्त्री जगत विश्वकर्मा र पर्वतका युवा नेता पदम गिरीले पनि सचिवमा दाबी गरेका छन् ।

गण्डकीबाट मात्रै आधा दर्जन नेता पदाधिकारीको दौडमा छन् । पदाधिकारीमा जस्तै केन्द्रीय सदस्यमा पनि गण्डकीबाट ठूलो संख्या उमेदवार बन्ने देखिएको छ । गण्डकीबाट बहालवाला करिब ४० जना केन्द्रीय सदस्य दोहोरिने मुडमा रहेकाले नयाँ अनुहारका लागि केन्द्रीय कमिटीमा प्रवेश पाउनु चुनौतीपूर्ण  रहेको छ ।

त्यसो त गण्डकी प्रदेशको राजधानी पोखरा सहित कास्की जिल्लाबाट पनि एमालेको केन्द्रीय सदस्य बन्न करिब एक दर्जन नेताहरुको दौडधुप शुरु भएको बताइएको छ जस अनुसार कास्की जिल्लाबाट यस अगाडी पनि केन्द्रीय समितिको सदस्य रहेका कृष्ण थापा, चुडामणि जंगली, मिना गुरुङ, भिम कार्की, राजिब पहारी, प्रभा कोइरालाले यस पटक पनि केन्द्रीय सदस्य बन्ने चाहनालाई तिब्र पारेका छन ।

यसका साथै यस पटक नयाँको रुपमा प्रतिनिधित्व गर्ने दौडमा रश्मी आचार्य, सिर्जना शर्मा, तेजनारायण अधिकारी र रुद्र खत्रीको साथै युवा फाँटबाट क्रान्ति बुर्लाकोटी र उर्जा बिभाग तर्फबाट पुष्पज्योती ढुंगाना समेत रहेको बताइएको छ। पार्टीको केन्द्रिय महाधिबेसन प्रतिनिधि बन्ने अवसर पाएमा दामोदर बैरागी र मनबहादुर गुरुङ समेत केन्द्रीय सदस्यको लागि इछ्यूक रहेको बताइन्छ ।

२४ मंसिर २०८२, बुधबार १३:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा