Play

मणिपाल अस्पतालले व्यापारमेलामा पुग्ने दर्शकको स्वास्थ्य जांच गर्नुको साथै बिबिध सेवामा बिशेष छुट दिंदै

गुरुकुल खबर


पोखरा, नेपाल मणिपाल शिक्षण अस्पतालले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औधोगिक ब्यापार मेलामा पुग्ने दर्शक एबम पाहुनाहरुको निशुल्क रुपमा प्रारम्भिक स्वास्थ्य जांच गरेको जनाएको छ। मेलामा पुग्ने दर्शकहरु मध्ये हरेक दिन २ सय देखि ३ सय जनाले मणिपाल अस्पतालको स्टलमा पुगेर रक्तचापको जांच गर्नुको साथै त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सम्बन्धि बिभिन्न परामर्श लिने गरेको अस्पतालका मार्केटिंग प्रबन्धक रोशन अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए।

मेलास्थलमा पुगेर स्वास्थ्य जांच गर्नेहरु सहित अन्यलाई मणिपाल अस्पतालको तर्फबाट दिइएको कार्डको आधारमा अस्पतालले प्रदान गर्ने बिभिन्न स्वास्थ्य सेवामा छुट दिईने भएको छ । जस अनुसार बहिरंग विभागमा बिरामीको दर्ताको लागि ५० प्रतिशत छुट दिईने छ भने जनरल वार्डको शैयामा २५ प्रतिशत छुट दिईने भएको छ। यसैगरी नियमित जांच वा ल्याब सम्बन्धि सेवामा १५ प्रतिशत र सिटि र एमआरआई लगायतको बिशेष जाँचमा १० प्रतिशत छुट दिईने अस्पतालका मार्केटिंग प्रबन्धक अधिकारीले जानकारी दिए ।

नेपालका जनतालाई सस्तो मुल्यमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएर नेपालका निजि शिक्षण अस्पतालहरु मध्येमा उत्कृष्ट बन्ने लक्षका साथ संचालनमा रहेको नेपाल मणिपाल अस्पतालंले जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, हाड जोर्नी तथा नसा रोग, मुटुरोग, मृगौला रोग, न्युरोसर्जरी, मेडिकल र सर्जिकल अन्क्लोजी, मधुमेह तथा थाइराईड रोग, नेत्र रोग, मेनेरोलोजी र लेजर/ कस्मेतोलोजी प्रक्रियासहित छाला रोग,जनरल ल्याप्रोस्कोपी सर्जरी, बालरोग तथा नवजात रोग, पेट तथा कलेजो रोग,छाती रोग, मुत्र रोग बाथ, मनोचिकित्सा लगायतको बिशेषज्ञ सेवा प्रदान गर्दै आएको छ भने क्रिटिकल केयर,रेडियोलोजी र इमेजिंग सेवा, शल्यक्रिया, वेलनेस सेन्टर लगायतका बिबिध सेवा पनि संचालन भैरहेको छ।

मणिपाल अस्पताल उक्त मेलाको मुख्य प्रायोजक समेत रहेको कारण मेलाको नाम नै ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक – २०८२ पोखरा’ राखिएको छ । मेलामा पोखरा र बाहिरबाट औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन सहित कृषिजन्य उत्पादनहरु बिक्रि एबम प्रदर्शनीको लागि राखिएको छ।

मेलामा औद्योगिक उत्पादन, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि,विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुको गतिविधि लगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा,श्रृंगारका सामानहरुको बिक्री वितरणको व्यवस्था समेत मिलाइएको पोखरा उद्योग बाणिज्य संघले जनाएको छ।

क्यान इन्फोटेक अन्तर्गत सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि, दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको संघले जनाएको छ ।

 

२१ मंसिर २०८२, आईतवार १७:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा