Play

नव सिद्दार्थ महिला सहकारीमा नयाँ समिति, अध्यक्षमा कुश्मा राणा

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका -८ बगालेटोल, सिद्दार्थचोकमा कार्यालय सथापना गरि संचालन भैरहेकों सहकारी संस्था ‘नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी सस्था’ को २३ औं साधारण सभा एबम आठौँ अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले संस्थाको नयां कार्यसमिति निर्बिरोध निर्बाचित गरेको छ।

नब निर्बाचित कार्यसमितिको अध्यक्षमा कुश्मा राणा, उपाध्यक्षमा डाल्डादेबी भुजेल, सचिबमा मिरा पराजुली, कोषाध्यक्षमा सिता कोइराला र सहसचिबमा मिना लिगल निर्बाचित भएका छन । यसैगरी कार्यसमितिको सदस्यहरुमा सिर्जना श्रेष्ठ, अनिता लिगल, इन्दिरा शर्मा गौतम निर्बाचित भएका छन् ।

यसैगरी संस्थाको लेखा सुपरिवेक्षण संयोजकमा तारा श्रेष्ठ तथा सदस्यहरुमा सम्झना माकाजु र पार्वती कोईरालालाई चयन गरिएको संस्थाका पुर्ब अध्यक्ष पार्वती माकाजुले गुरुकुल खबरलाई जानकारी दिईन ।

अधिबेशनबाट नयाँ कार्यसमितिको निर्बाचन सम्पन्न गर्नको लागि दुर्गाप्रसाद कोइराला संयोजक तथा कल्पना श्रेष्ठ र खेमराज अधिकारी सदस्य रहेको निर्बाचन समिति गठन गरिएको थियो ।

साधारण सभा साथै अधिबेशनको उद्घाटन समारोहको प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपक बाँस्तोला रहेका थिए। संस्थाका अध्यक्ष भवानी माकाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब कुश्मा रानाले गरेकी थिईन।

२१ मंसिर २०८२, आईतवार ०८:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा