पोखरा, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक सन्देश प्रवाह गर्न सहज होस् भन्ने अभिप्रायले मुक्तिनाथ विकास बैंक स्याङ्जा शाखाले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई स्मार्ट टेलिभिजन सेट सहितका सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि बैंकले प्रहरी कार्यालयलाई ति सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दधिराम न्यौपानेले आबश्यक सामानहरु उपलब्ध गराएको भन्दै बैंकप्रति आभार प्रकट गर्नुको साथै कार्यालयको तर्फबाट प्रशंसापत्र प्रदान गरे ।
टेलीभिजन सेट लगायतका सामग्रीमार्फत कार्यालयमा आउने सेवाग्राहीलाई जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै प्रहरी सेवा सम्बन्धी विस्तृत जानकारी गराइने बताइएको छ ।

















