Play

पोउबासंघको औधोगिक ब्यापार मेला: मङ्सिर १७ देखि २१ सम्म हुने, स्टलको संख्या र समयाबधि घटाइयो

नेपाल मणिपाल अस्पताल मुख्य प्रायोजक रहने, ५ लाख मात्र बचाउने लक्ष


गुरुकुल खबर


पोखरा, पोखराका उधोगी व्यवसायीको छाता संस्थाको रुपमा मानिने पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक गर्ने भएको छ । पोखराको आयोजना नेपाल मणिपाल अस्पतालको मुख्य प्रायोजनमा हुन् लागेको मेलाको लागि आवश्यक तयारी भैरहेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको रुपमा अगाडी बढाउन संघले आवाज उठाउँदै आएकोमा मणिपाल अस्पतालसंगको सहकार्यले संघको उद्देश्य मिल्न गएको भन्दै खुसि प्रकट गरे ।

पोखरा उद्योग बाणिज्य संघ मेलाको आयोजक रहेकोमा कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान) कास्की मेलाको सहआयोजक रहेको छ भने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डकोगण्डकी प्रदेश कार्यालय बिगतमा जस्तै प्रवर्तकको भूमिकामा रहेको संघकी महासचिब शोभा गौतमले जानकारी दिईन।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश पनि सहआयोजकको रुपमा राखिएको उक्त मेला सम्पन्न गर्न संघका अध्यक्ष कार्कीको संयोजकत्वमा कार्य सम्पादन समिति गठन भएको छ । कार्यसम्पादन समितिब अन्तर्गत सल्लाहकार समिति र विभिन्न उपसमिति पनि गठन भइसकेको बताइएको छ। हाल मेलाको स्टल बुकिङको कार्य भैरहेको र यसपटक डोमतर्फ ७८ वटा र  डोम बाहिरका समेत गर्दा १ सय २० वटा स्टल रहने जानकारी पत्रकार सम्मेलनमा दिईयो ।

मेला हुने स्थल पोखरा प्रदर्शनी केन्द्रमा केहि पूर्वाधार निर्माणको कार्य जारी रहेको कारण प्रदर्शनी स्थल खुम्चिएको साँघुरिएको र बिगतमा जस्तो धेरै स्टल राख्न ठाउँको अभाव महशुश गर्दै मेलामा स्टलको संख्या र मेलाको अवधिसमेत छोटो बनाइएको छ । पोखरा महानगर पालिकाले निर्माण गर्दै गरेको ग्रीन भेन्चरले पूर्णता पाउँदा र प्रदर्शनी केन्द्रको व्यवस्थापन तथा संचालनको जिम्मेवारी पोखरा उद्योग वाणिज्य संघले नै प्राप्त गरेपछि भने मेलाको अवधि र स्टल संख्या बढ्न सक्ने अध्यक्ष कार्कीले जानकारी दिए  ।

मेलामा प्रवेश गर्नको लागि शुल्क लिने ब्यबस्था गरिएको छैन। मेलाअन्तर्गत नै उद्यमशीलता प्रबर्द्दन, लगानी मैत्री नीति निर्माण, नवप्रवर्तन, सूचना प्रविधि, कृषिसँग सम्बन्धित परिसंवाद कार्यक्रम पनि समावेश गरिएको बुझिएको छ ।  मेला नाफामुखी नभएकाले आम्दानी–खर्चको हिसाब गरिएको छैन ।तरपनि मेला सम्पन्न गर्दा लाग्ने खर्च सहयोगी हात र प्रायोजकबाटै जुटाउन प्रयास भैरहेको बताइएको छ ।

मेलाबाट करिब ५० लाख आम्दानी हुने र मेला सम्पन्न गर्न करिब ४५ लाख खर्च हुने अनुमान गरिएको संघका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए । यस वर्षको मेलाबाट बचत हुने रकम उद्यमशीलता प्नरबर्द्दन र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघको योजना रहेको छ ।

पोखरालाई शिक्षा,स्वास्थ्य र पर्यटनको सहरको रुपमा विकास गर्न सकिने परिकल्पना पोउबासंघले ४ दशक अगाडी नै गरेको स्मरण गर्दैउनले भने,‘ पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको र यसबाट पोखराले विदेशी मुद्रा आर्जन गर्ने मात्र नभएर रोजगारी सिर्जना गर्न सक्छ भन्ने पुष्टि हुँदैगएको छ । आधुनिक चिकित्सा पद्धतिलाई अंगालेर नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघको त्यो पुरानो सपनालाई मलजल गरेको छ । यसै प्रसंगमा उनले पोखरालाई आधुनिक चिकित्सा सेवादेखि आयुर्वेद योग र ध्यान केन्द्र पनि बनाउन सकिने बताए ।

यस पटक पोखरा उद्योग बाणिज्य संघले गर्ने मेलाको नारा ‘लगानीको सम्बर्दन : उद्योग,व्यवसायको प्रबर्द्दन’ रहेको छ। मेलामा स्वदेशी उत्पादन तथा सेवाहरूको प्रदर्शन एबम बिक्रिको साथै प्रचार–प्रसार गरिने छ पोखराको पर्यटन र व्यापार प्रबर्द्दन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना, पोखरा लगायत देशको विभिन्न स्थानका औद्योगिक उत्पादन, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका बिबिध बास्तो र सेवाको बजारीकरणमा योगदान दिने लक्ष मेलाको रहेको संघका अध्यक्ष कार्कीले जानकारी दिए ।

मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलताको विकास गर्ने थलो बनाउने प्रयास भैरेहेको यसपटक मेलाको समयावधि घटाएर ५ दिनकोमात्र बनाइएको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बताए।

सोहि अबसरमा बोल्दै मेलामा सहकार्य गरेको संस्था क्यान इन्फोटेक महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका प्रविधिबारे जानकारी गराउने, साइबर सुरक्षाबारे सचेतता फैलाउने लगायतका कार्यक्रम समावेश गरिने जानकारी दिए।

१० मंसिर २०८२, बुधबार ११:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा