Play

पोखरामा एभरेस्ट एफएमको रक्तदान कार्यक्रम, १ सय ५१ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, एभरेस्ट मिडिया हाउस प्रालिले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५१ युनिट रगत संकलन भएको छ । पोखरा–५ प्रस्याङमा रेडियोको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १ सय २७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा सहभागी गुनेहरु मध्ये १६ जनाले पहिलो पटक रक्तदान गरेको एभरेस्ट मिडिया हाउसले जनाएको छ । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात प्रालि, बालकल्याण संस्था, शितलाज्योति युवा क्लव लगायतका संघसंस्थाहरुले सहभागिता जनाएका थिए ।

रक्तदान गर्नेहरु मध्ये घाचोकका दुर्गाप्रसाद घोरासैनीले ५९ औं पटक, पोखरा नयाबजारका शम्भुलाल श्रेष्ठले ५५ औं पटक, पोखरा–१४ का राजेश तण्डुकारले ५४ औं पटक, पोखरा लेकसाईडका बिजयकुमार प्रधानले ४४ औं पटक, नागरिक समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले ४१ औं पटक रक्तदान गरेका  पोखरा १ बगरका अनिल शाक्यले ४१ औं पटक, पोखरा—४ का लोकेन्द्रदीप शाक्यले ४० औं पटक, पोखरा–१५ का सुजन प्रधानले ३९ औं पटक, पोखरा–८ का निश्चल खरेलले ३८ औं पटक, भारत घर भई पोखरा बस्ने मुन्नाकुमार ठाकुरले ३७ औं पटक, पोखरा–१७ विरौटाका विक्रम रानाभाट र खिमराज आचार्यले ३६ औं पटक रक्तदान गरेको बुझिएको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेकी थिईन । उद्घाटन कार्यक्रममा बोल्दै उनले रक्तदान गरेर जीवन बचाउन सकिने बताईन् ।

रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताए। एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले एभरेस्ट मिडियाको प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पूण्य काम भएको बताए । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए ।

एभरेस्ट मिडिया हाउसका प्रमुख सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याए । उनले रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवादसमेत ज्ञापन गरे ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको जानकारी रेडियोका मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले गुरुकुल खबरलाई दिए ।

७ मंसिर २०८२, आईतवार ११:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा