Play

मुक्तिनाथ विकास बैंकद्वारा स्याङ्जामा विधार्थीहरुलाई न्यानो कपडा सहयोग

गुरुकुल खबर


स्याङ्जा, स्याङ्जाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेस्थित शितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंकले न्यानो कपडा वितरण गरेको हो । विद्यालयका करिब १ सय ४५ जना जेहेन्दार विद्यार्थीलाई बैंकले करिब एक लाख ५० हजार मुल्य बराबरको न्यानो कपडा वितरण गरेको जनाएको छ।

न्यानो कपडा वितरणकार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले बैंकले आफ्ना सेवाग्राही र कार्यक्षेत्रका सबै पक्षसँग हातेमालो गर्दै अगाडी बढ्ने बताए । बैंकलाई माथि उठाउन समाजका हरेक नागरिकको समान भूमिका रहेको स्मरण गर्दै संचालक लम्सालले समाजको उत्थानमा बैंकले काम गर्दै आएको सुनाए ।

बैंक तथा वित्तीय संस्थाहरुले नाफा आर्जनका गतिविधिमा मात्रै आफूलाई सिमित नराख्नआग्रह गर्दै स्याङ्जा बहुमुखी क्याम्पसका संस्थापक समेत रहेका लम्सालले समाजका गरिब, जेहेन्दार, मेहनती विद्यार्थी र लगनशिल, कर्मशिल वर्गका मानिसलाई सहयोग गर्दै अगाडी बढ्न सुझाब दिए ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंक उपक्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख ऋषि ढकालले मुक्तिनाथ विकास बैंकले ग्राहकको सेवालाई उच्च प्राथमिकतामा राखेर समयानुकूल काम गर्दै आएको बताए । उनले समाजका प्रत्येक वर्गको उत्थान र प्रगतिमा मुक्तिनाथ बैंकले सहकार्य गर्दै जाने जनाए ।

सोहि अवसरमा विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा मञ्च पूर्व विद्यार्थी मञ्चको सक्रियतामा विद्यार्थीलाई खेलकुद सामग्री हस्तारन्तरण गरिएको थियो । करिब १० हजार रुपैया मूल्य बराबरको खेलकुद सामग्री विद्यालय मार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयका पूर्वविद्यार्थी तथा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङको अगुवाईमा खरिद गरिएको भलिबल, नेट सहितका खेलकुद सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा युवा समाजसेवी दिपेन्द्र आलेले गुरुकुल खबरलाई जानकारी दिए ।

५ मंसिर २०८२, शुक्रबार ११:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा