Play

सिमराको अबस्था सामान्य बन्दै, जेनजी युवा र एमाले युवाबिचको झडपमा केहि घाइते

गुरुकुल खबर


बारा, स्थानीय प्रशासनले जेनजी युवा र नेकपा एमालेको युवा संघको बिचमा झडपका कारण सिमराको जितपुर क्षेत्रमा कर्फ्यु जारी गरेपछि त्यस क्षेत्रको अबस्था सामान्य भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले आज साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

बाराको परवानीपुरमा आयोजना गरिएको युवा जागरण कार्यक्रममा सहभागी हुन एमाले नेता महेश बस्नेत समेतका नेताहरु बिमानबाट सिमरा हुँदै आउने जानकारी पाएपछि बाराका जेनजी युवाहरूले सिमरा चोकमा विरोध कार्यक्रम आयोजना गरेका थिए। त्यसपछि सो समूहले सिमरा विमानस्थल घेराउ गर्दा झडपको अवस्था सिर्जना भई प्रशासनले कर्फ्यु जारी गर्नुपरेको हो।

बाराको परवानीपुरमा आयोजना गरिएको एमाले प्रदेश जागरण कार्यक्रममा एमाले नेताहरू सहभागी हुने जानकारी पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न बुधबार सिमरा विमानस्थल बाहिर प्रदर्शन गरेका थिए । सो क्रममा विमानस्थलको बाहिरको गेट समेत तोडफोड गरिएको थियो । प्रदर्शनको क्रममा दोहोरो झडपमा परि केहि युवा घाइते भएको बताइएको छ ।

प्रदर्शनकारीहरुका कारण तनाबग्रस्त बनेको अबस्थालाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । सुरक्षा जोखिम रोक्न कर्फ्यु आदेश समेत जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

कर्फ्युपछि जीतपुर सिमराका शैक्षिक संस्था, वित्तीय संस्था तथा यातायात क्षेत्र आकस्मिक रूपमा बन्द भएका थिए। यता, जेनजी युवाहरूले सिमरा चोकमा शान्तिपूर्ण रूपमा टायर दहन गरी विरोध प्रदर्शन गरेका थिए। बारामा असहज स्थिति भएसँगै एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फकिएका थिए।

त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन बुधवार बिहान एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरू विमानस्थल पुगेका थिए ।  तर, उनीहरू सिमरा आउने खबर पाएर जेनजीहरुले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति अशान्त बनेको थियो  ।

३ मंसिर २०८२, बुधबार २१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा