Play

एमाले नेताको बिरोध गर्दै सिमरा बिमानस्थलमा प्रदर्शन, स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश

गुरुकुल खबर


बारा, नेकपा एमालेका कार्यकर्ताहरुसँग भएको झडपपछि आक्रोशित बनेको समूहले बाराको सिमरास्थित विमानस्थलको गेट तोडेको छ । आक्रोशित केहि युवाहरुले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट तोडेका छन। विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् । गेट भाँचिएर प्रहरीकै माथि खसेको थियो । त्यसपछि केही युवाहरु भित्र छिरेका थिए । तर केहीबेरमै उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो ।

तस्बिर- अनलाइन खबर

बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा जाँदै छ ।  युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव पोखरेल, जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा जाँदै थिए। त्यहाँ आज एमालेको युवा संघले जागरण सभा राखेको बस्नेतले बताए। प्रदर्शनका कारण एमाले नेताहरू अच्युत मैनाली, किसान श्रेष्ठ लगायत नेताहरू विमानस्थलभित्रै रोकिएका थिए।

‘हामी आउन लागेको थाहा पाएपछि जेनजीको एउटा समूह प्रदर्शनमा उत्रिएको रहेछ। को जेनजी हुन्? तत्कालीन माओवादी केन्द्रले जितपुर सिमरा उपमहानगर जितेको हो, उनीहरू पनि मिसिए होलान्, सरोज यादव मुख्यमन्त्री भएपछि मधेसवादी दल विरोधमै छन्, सबै मिलेका होलान्, हामीले यहाँ जाने कोसिसमै छौं। विमानचाहिँ उडेको छैन,’ उनले भने।

 यसैबीच, बाराको सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको घटनापछि नेकपा (एमाले) नेता महेश बस्नेतले सरकारप्रति कटाक्ष गरेका  छन्। राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नकै उद्देश्यले जेनजीको नाममा अराजक भिड उतारेको आरोप उनले लगाएका छन्। सभा हुन नदिन जेनजीको नाममा विभिन्न दल–आवद्ध समूहलाई सडकमा उतारेर विमानस्थल अवरोध गराइएको र ५०–६० जनाको सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यु लगाउनु नैतिक रूपले गलत भएको उनले फेसबुक मार्फत बताएका छन ।

उनले संविधानले सुनिश्चित गरेको सभा–सम्मेलन गर्ने अधिकार, स्वतन्त्र अभिव्यक्ति र राजनीतिक गतिविधिमा सहभागी हुने मौलिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक अभ्यासमै हस्तक्षेप गरेको आरोप लगाए। बस्नेतले कर्फ्युको निर्णयलाई सरकारको कमजोरी र उद्देश्यमाथि प्रश्न उठाउने कदम भएको उल्लेख गर्दै भने, ‘हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ, जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुने छैनौँ।’

उनले आगामी फागुन २१ मा चुनाव गराउने सरकारको दाबी नै हास्यास्पद देखिएको टिप्पणी गर्दै वर्तमान शासनप्रति कडा असन्तुष्टि व्यक्त गरे। बस्नेतले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा उनीहरूकाे संघर्ष निरन्तर जारी रहने बताए । बस्नेतसहितका नेता बाराको कार्यमक्रममा जान लागेको सूचनापछि जेनजीले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ भने बस्नेत काठमाडौँमै रोकिएका छन् ।

 

३ मंसिर २०८२, बुधबार १४:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा