Play

कास्कीको अन्नपुर्ण गाउँपालिकामा सघन सरसफाई अभियानको सुरुवात

गुरुकुल खबर


पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न. २ क्षेत्रको सरसफाइ र वातावरणीय संरक्षणमा स्थानीय ढिकुरपोखरी युवा क्लव र अन्नपूर्ण गाउँपालिका वडा न. २ ले चासो दिएका छन।  यसैक्रममा यी दुवै संस्थाको संयुक्त पहलमा मंगलवार एक दिने सघन सरसफाइ अभियान संचालन गरियो।

अभियानमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, वडा नं. २ का वडा अध्यक्ष पिताम्बर भण्डारी, वडा सदस्यहरू, स्थानीय युवा तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरुले पोखरा बाग्लुंग राजमार्ग आसपास, चुहुनेपहरा क्षेत्र हुँदै शाखा मार्गहरू तथा सडकको छेउछाउमा फैलिएको प्लास्टिक, बोटल लगायतका फोहोरमैला संकलन गरी ब्यबस्थापन गरेका थिए।

अभियानको शुभारम्भ गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले आआफ्नो क्षेत्रको सरसफाइ एकदिनको लागि मात्र नभएर स्वास्थ्य सचेतना जगाउन र नियमित रुपमा सरसफाईको संदेश दिन यसकिसिमका कार्यक्रम उपयोगी हुने भन्दै  यस किसिमका कार्यक्रमलाई सहयोग  गर्ने प्रतिबद्धता व्यक्त गरे।

वडा न.२ का वडाध्यक्ष पिताम्बर भण्डारीले अन्नपूर्ण गाउँपालिका केवल भौगोलिक एबम प्राकृतिक सुन्दरताले मात्र नभएर स्वच्छता र पर्यावरणीय दृष्टिकोणले पनि उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जोड दिंदै स्थानीय युवाहरुको सहभागीताले जागरण अभियान प्रभावकारी देखिएको बताए ।

ढिकुरपोखरी युवा क्लवका सचिव बिक्रम भण्डारीले स्थानीय सरकारले हातेमालो गरेपछि अभियान प्रभावकारी भएको भन्दै नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै जाँदा गाउँमा फोहरमैला न्यून हुने बिश्वास व्यक्त गरे।

२ मंसिर २०८२, मंगलवार २२:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा