Play

कांग्रेसकी पुर्व महाधिबेशन प्रतिनिधि भट्टराईको निधन

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसकी पुर्व महाधिबेशन प्रतिनिधि एबम धार्मिक र सामाजिक व्यक्तित्व चन्द्रकला भट्टराईको ७४ बर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका -१६ अर्मलाको डीहि घर भएकी भट्टराई केहि समयदेखि गम्भीर बिरामी परेकोमा बिभिन्न अस्पतालमा उपचार गर्दै गर्दा क्रममा अघिल्लो साता आफ्नै निवासमा उनको निधन भएको हो ।

उनि अर्मलामा रहंदा स्थानीयस्तरमा आमा समुहको स्थापना गर्ने र महिलाहरुलाई संगठित गर्दै सामाजिक काममा उत्प्रेरित गर्ने अभियानमा समेत सक्रिय थिईन । स्थानीय आमा समुहको अध्यक्ष समेत भएर काम गरेकी भट्टराई नेपाली काँग्रेसको राजनीतिमा पनि लामो समयदेखि संलग्न रहेर कांग्रेसको महाधिबेशन प्रतिनिधि पनि बनेर काम गरेको स्व. भट्टराईकी आफन्त तथा पारिबारिक सदस्य टिकादेबी पराजुली बरालले गुरुकुल खबरलाई जानकारी दिईन ।

स्व, भट्टराईका तिन छोराहरु रहेकोमा जेठो छोरा कोमल राज भट्टराई लामो समयदेखि शिक्षण पेशामा संलग्न छन भने माइला छोरा दिपक प्रसाद भट्टराईले नवलपुरको गैंडाकोटमा उद्योग संचालन गरिरहेका छन । उनि नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि समेत हुन ।  यसैगरी कान्छा छोरा सन्दिप भट्टराईले पोखराको सिद्दार्थ चोक नजिक ब्यापार गर्छन  । स्व भट्टराईका तिन छोरीहरु शारदा, कल्पना र रिता रहेको छन ।

यसैबीच, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा सहित कांग्रेस नेताहरुको एक टोलिले आइतबार भट्टराईको पोखरा बाटुलेचौर महेन्द्रगुफा नजिकको घरमा पुगेर स्व.भट्टराई प्रति श्रद्दान्जली प्रकट गर्नुको साथै परिवारजनमा समबेदना प्रकट गरेको कांग्रेस गण्डकी प्रदेशका सदस्य शिरोमणी बरालले जानकरी दिए ।

 

१ मंसिर २०८२, सोमबार ०७:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा