Play

एक लाखको हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताएका छन । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उनले बताए । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको श्री हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा पुरस्कार अर्पण गर्दै प्रदेश प्रमुख भट्टले उक्त कुरा बताएका हुन ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर प्रधानले १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर त्यसबाट प्राप्त हुने ब्याज रकमबाट प्रदान गर्ने गरि १ लाख १ हजार रुपैया राशीको पुरस्कार संचालन गरिएको छ ।उक्त पुरस्कार यस बर्षमानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको हो।

पुरस्कारको रकम र सम्मानपत्र प्रदेश प्रमुख भट्ट, समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले संयुक्त रुपमा आश्रमका सञ्चालक राम्जी अधिकारीलाई प्रदान गरेका थिए । प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रबर्द्दनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।

उनले पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरको विकास, संरक्षण, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा क्रियाशील समितिको निरन्तर सेवाको पनि  प्रशंसा गरे ।

उक्त पुरस्कार यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्वर्गीय सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई अर्पण गरिसकिएको समितिका सचिब तीर्थ श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।

३० कार्तिक २०८२, आईतवार ०९:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा