Play

भारतको बिहारमा मतगणना :मोदी र नितिश कुमारको गणबन्धनलाई २४३ मा २०२ सिट

गुरुकुल खबर


भारत,  बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको ‘एनडिए’ गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ। शुक्रबार बिहानबाट सुरू भएर राति ११:४५ बजे सम्पन्न मतगणना अनुसार जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।

कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरिसकेको छ। यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ।

राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।

पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन। अन्य दलहरूले ६ सिट जितेका छन्। यसअघि सार्वजनिक विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) का नतिजाले पनि एनडिए गठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान गरेको थियो।

२९ कार्तिक २०८२, शनिबार ०६:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा