पोखरा, नेपाली कांग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पुर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा स्वदेश फर्किएका छन् । यहि कत्तिक १० गते उपचारको लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौंमा अवतरण गरेका हुन् ।
जेनजी पुस्ताको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भदौ २४ गतेको दिन बूढानीलकण्ठस्थित देउवाको निवासमा आन्दोलनकारीहरुको सांघातिक आक्रमणमा परि उनीहरु गम्भीर घाइते भएका थिए । आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो ।
आन्दोलनकारीहरुले देउवाको निवासमा आगजनी गर्नुको साथै उनीहरुको निवासमा रहेका बहुमुल्य धनमालसहित सबै सामग्री लुटपाट गरेर लागेको थिए।

![]()




















