Play

मङ्सिर भित्र महाधिबेशनको शुरु गर्न संस्थापन पक्षका २५ केन्द्रीय सदस्यको माग (ज्ञापनपत्र सहित)

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका २५ जना केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग सहितको ज्ञापनपत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा  बुझाएका छन । ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख गरिएको छ ।

पार्टी भित्र महाधिबेशन कहिले गर्ने भन्ने बिषयलाई लिएर संस्थापन पक्षधर र इतर पक्षका केन्द्रीय सदस्य एबम पदाधिकारीहरु बिचमा मतभेद भैरहेको बेला संस्थापन पक्षमा रहेका २५ जना केन्द्रीय सदस्यहरुले महाधिबेशन यथाशिघ्र शुरु गर्नुपर्ने भन्दै ज्ञापनपत्र दिएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

महाधिबेशन सम्बन्धि बिबाद समाधान गर्नको लागि आज शुक्रबार नै पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै छ केन्द्रीय समितिको असोज २८ गतेबाट चलिरहेको बैठक रोकेर कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

यसैक्रममा संस्थापन पक्षका २५ सदस्यहरुले आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न आबश्यक रहेकोमा जोड दिएका छन ।

ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरुमा राजेन्द्र कुमार केसी, भरत कुमार शाह, अर्जुन प्रसाद जोशी, पुष्पा भुषाल, गणेश लामा, आन्गेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बाँस्तोला, धना खतिवडा, बहादुर सिंह लामा, अब्दुल सतार, चम्पादेबी खड्का, मोहन आचार्य, अमृत अर्याल लगायत रहेका छन ।

त्यस्तै ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्नेमा ज्ञापनपत्रमा जोड दिईएको छ ।  साथै युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने कुरा पनि उनीहरुले ज्ञापनपत्रमा समाबेश गरेका छन।

पार्टीको १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक  समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ । ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएको घट्नाको निष्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।

२८ कार्तिक २०८२, शुक्रबार १३:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा