Play

पुष २९ भित्र कांग्रेसको नियमित महाधिबेशन नभए बिशेष महाधिबेशन अनिबार्य- महामन्त्री शर्मा (४८ बुंदे प्रस्ताब सहित)

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयमै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।गत असोज २८ गतेबाट शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आंफ्नो धारणा राख्ने क्रममा महामन्त्री शर्माले विधानको धारा १७ को उपधारा २ अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी ब्यबस्था रहेकोले  उक्त अवधिभित्र नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशन हुनुपर्ने स्पष्ट पारेका हुन्।

‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा अहिलेको मूल प्रश्न यो होइनl नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन,  तर विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७ (२) को स्पस्ट निर्देशन छ र यो हामी सबैका लागि बाध्यात्मक छ,’ उनले केन्द्रीय समितिको बैठकमा भने।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए। त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यकारी छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न  रहेको उनले बताए।

‘विशेष महाधिवेशनको मागलाई कि त विशेष महाधिवेशन गरेर कि त त्यही समयाभित्र नियमित महाधिवेशनको आयोजना गरेर मात्र सम्बोधन हुने भएकोले यस बिषयमा द्विविधामा नपर्न उनले सबैलाई आग्रह गरे।

बैठकमा महामन्त्री शर्माले प्रस्तुत गरेको ४८ बुंदे प्रस्ताब हेर्न तल क्लिक गर्नुहोस ..

bishwaprakash-sharma-27-kartik (1)

२७ कार्तिक २०८२, बिहीबार १८:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा