पोखरा, लौहपुरुषको रुपमा परिचित नेपाली काँग्रेसका नेता स्व. गणेशमान सिंहको १११ औं जन्मजयन्ती देशका विभिन्न भागमा बिबिध कार्यक्रमको आयोजना गरि मनाइएको छ। २०४६ सालको जनआन्दोलनका समेत कमाण्डर रहेका गणेशमानको जन्मजयन्तिको सन्दर्भ पारेर गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिले स्याङ्जाको वालिङ नगरपालिकास्थित एक स्कुलमा शैक्षिक सामग्री लगायतका सामग्री वितरण गरेको छ।
वालिंग नगरपालिकाको वडा नम्बर ११ मा रहेको गणेशमान सिंह आधारभूत विद्यालयमा अध्ययन गर्ने बिधार्थीहरुलाई शैक्षिक सामग्री र दिवा खाजा फाउन्डेसनको तर्फबाट वितरण गरिएको फाउन्डेसनको गण्डकी प्रदेश सदस्य एबम नेपाली काँग्रेस स्यांग्जाका नेता कुमार रानाले गुरुकुल खबरलाई जानकारी दिए।

विद्यालय परिसरमा सम्पन्न कार्यक्रम अन्तर्गत सोहि बिद्यालय हातामा रहेको स्व. गणेशमान सिंहको सालिकमा फूलमाला अर्पणगरि उहाँ प्रति सबैले सम्मान प्रकट गरेका थिए । त्यस अबसरमा फाउन्डेसनका गण्डकी प्रदेश अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले गणेशमानको व्यक्तितब र योगदानका बारेमा चर्चा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्याङ्जा काँग्रेसका नेता भागवतप्रकाश मल्ल, जिल्ला समितिका कार्यबाहक सभापति केदार काफ्ले, जिल्ला सचिव दामोदर लम्साल, महासमिति सदस्य अर्जुनप्रकाश अर्याल , प्रदेश निर्वाचन क्षेत्रीय सभापति अर्जुन खनाल , वालिङ नगर सभापति नेत्र पाण्डे, वडा अध्यक्ष डण्डु पंगेनी, फाउन्डेसनका सदस्यहरु मोहन गुरुङ र जीवन हिमाली लगायतले संयुक्त रुपमा विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।

प्रधानाध्यापक वविता खड्काले अतिथिहरुलाई फूलमालासहितले स्वागत गरेको उक्त कार्यक्रमको सहजीकरण फाउन्डेसनका सदस्य वुध्दिबहादुर राना कुमारले गरेका थिए।




















