Play

कांग्रेसमा चुनाब भन्दा अगाडी वा पछाडी र नियमित वा बिशेष महाधिबेशन सम्बन्धि बिबाद कायम

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसको १५ औं महाधिवेशन फागुन २१ गते प्रस्तावित संसदीय चुनाब भन्दा अगाडी गर्ने वा पछाडी गर्ने भन्ने बिषयमा पार्टीको केन्द्रीय समितिको बैठकमा छलफल चलिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने २५ जना केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेर प्रस्तावित चुनाव अगाडी नै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

२०७८ साल मंसिर २४ देखि २८ गतेसम्म चलेको १४ औं महाधिवेशनमा देउवा समूहबाट उम्मेदवारी दिई निर्वाचित भएका एबम सभापति देउवाबाट मनोनीत केहि केन्द्रीय सदस्यहरू चुनाब भन्दा अगाडी महाधिबेशन गर्नुपर्ने पक्षमा देखिएका छन। भेलामा देउवा पक्षिय केन्द्रीय सदस्यको रुपमा चिनिने पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, अमृत अर्याल, अब्दुल सत्तार, आङ्गेलु शेर्पा, प्रदीप सुनुवार, डिला संग्रौला, धना खतिवडा, नानु बास्तोलालगायतका रहेको बताइएको छ ।

भेलाका सहभागीहरुले चुनाब भन्दा अगाडी नै महाधिवेशन गर्नुपर्ने निष्कर्ष लिखित रूपमा अब बस्ने केन्द्रीय समितिमा आँफुहरुको तर्फबाट प्रस्ताब पेस गर्ने तयारी गरेको बुझिएको छ। छलफलका निष्कर्ष लिखित प्रस्तावका रूपमा अबको केन्द्रीय समितिमा पेस गर्ने तयारी भैरहेको जानकारी दिंदै ढिलोमा पुस तेस्रो साताभित्र १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा आन्फुहरु रहेको एक केन्द्रीय सदस्यले गुरुकुल खबरलाई जानकारी दिए।  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक यहि कात्तिक २५ गते बिहान साढे ११ बजे केन्द्रीय समिति बैठक बस्ने तय भएको छ।

‘सोल्टीमोडको एक पार्टी प्यालेसमा आज हामी छलफलमा जुटेका थियौं, १४ औं महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार भई चुनाव जितेका केन्द्रीय सदस्यहरूबीच १५ औं महाधिवेशन कार्यतालिकाकेन्द्रित कुराकानी भएको हो  पुस तेस्रो साताभित्रै नियमित महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ। अब बस्ने केन्द्रीय समितिमा यो कुरा लिखित रूपमै राख्छौं।’ देउवा पक्षिय केन्द्रीय सदस्यहरुको उक्त भेलामा देउबा पक्षका पदाधिकारीहरुलाई भने नबोलाइएको बुझिएको छ ।

‘छलफलमा हामी २५ जना केन्द्रीय सदस्यमात्रै थियो। पार्टी सुदृढीकरण गर्न चुनावअघि महाधिवेशन गर्नुपर्छ भन्ने सबैजसोको राय आयो। जेनजीले भदौ २३ र २४ को आन्दोलनमा उठाएको विषय, पार्टीको चार वर्षे कार्यकाल मूल्यांकनलगायत कुराकानी भयो,’ ती केन्द्रीय सदस्यले भने। छलफलको संयोजन केन्द्रीय सदस्य राजेन्द्र केसीले गरेको बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालय पुगेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवा भने उपचारका लागि सिंगापुर गएका छन्। त्यसयता कार्यवाहक सभापति खड्काको अध्यक्षामा केन्द्रीय समिति बैठक असज २८ गतेबाट बस्ने र स्थगित हुने क्रम निरन्तर चलिरहेको छ।

केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले बिभिन्न १० एजेन्डा पेस गर्दा पार्टीको महाधिबेशन पुष १६ देखि गर्नुपर्ने बताएको भएपनि महाधिबेशन चुनाब अगाडी गर्ने कि चुनाब पछाडी र नियमित महाधिबेशन गर्ने कि बिशेष भन्नेमा केन्द्रीय सदस्यहरु विभाजित छन । महामन्त्री थापाले कात्तिक १८ गते केन्द्रीय समितिमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। सोही दिन सहमहामन्त्री महेन्द्र यादवले पनि समय लिएर बोल्ने क्रममा वैशाख अन्तिम साता नियमित महाधिवेशन उपयुक्त हुने बताएका थिए।

१५ औं महाधिवेशन कार्यतालिकाबारेमा कांग्रेस एकमत हुन सकेको छैन। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ मै कार्यवाहक सभापतिलाई भेटेर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर पनि बुझाएका थिए। पुस २९ गतेसम्म नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको बाध्यकारी व्यवस्था छ। त्यसैले पार्टी पदाधिकारीहरू नियमित महाधिवेशनमा जोड दिइरहेका छन् तर सर्वसम्मत कार्यतालिका आउन सकेको छैन।

२४ कार्तिक २०८२, सोमबार १६:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा