Play

कांग्रेस नेता एबम पुर्वमन्त्री आलमको ६३ बर्षको उमेरमा उपचारकै क्रममा निधन

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता एबम पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारको क्रममा निधन भएको छ । एक महिनाभन्दा लामो समयदेखि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत  ६३ वर्षीय आलमको गएराति करिब ३ बजे उनको निधन भएको  पारिवारिक स्रोतले जानकारी दिएको छ

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि आलमलाई केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल  भएकोले उनको निरन्तर डायलाइसिस पनि भइरहेको थियो ।  नेता आलम दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए।  मिर्गौला र उच्च रक्तचापको बिरामी रहेका आलम जेठ १४ गते नख्खु कारागारबाट छुटेपछि मस्तिष्काघात भएको कारण माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।

आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटा भट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते  जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगन्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।  कारागारबाट छुटेलगत्तै उनको स्वास्थ्यमा निरन्तर समस्या देखिन थालेको थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस-४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलम सहितका अन्य केहि व्यक्तिमाथि लागेको छ। आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।

प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्र्याक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो। आलम तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २०५४ सालमा श्रम राज्यमन्त्री भएका थिए। त्यसपछि २०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आलम वन राज्यमन्त्री भएका थिए। २०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका उनि त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बने।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा संबिधान सभा सदस्यमा निर्वाचित आलम प्रचण्ड नेतृत्वको सरकार ढलेर  माधवकुमार नेपाल नेतृत्वमा बनेको सरकारमा श्रम तथा यातायात मन्त्री बनेका थिए। उनी २०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

२२ कार्तिक २०८२, शनिबार ०८:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा