पोखरा, पोखराको लेकसाइडमा आज शुक्रबार साँझ ‘उज्वल सागर एण्ड द बेन्ड’को लाइभ कन्सर्ट हुने भएको छ। लाइनअप नेपालले पोखरामा ‘म्युजिक युनाईट्स अस’ भन्ने नारा सहित उक्त कार्यक्रम गर्न लागेको शुक्रबार साँझ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको थियो।
लाइनअप नेपाल एउटा क्रिएटिभ इभेन्ट्सहरु आयोजना गर्ने संस्था हो संगीत, कला र युवाको सिर्जनालाई एकै प्लेटफर्ममा ल्याएर राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा गीत संगीतको प्रबर्द्दन गर्ने लक्ष यो संस्थाले लिएको छ।
नेपाली युवाको मनमस्तिष्कमा गुन्जिरहेको आवाज, मनमोहक प्रस्तुति र मौलिक संगीतको माध्यमबाट संगीत प्रेमीहरुको मन जित्दै आएका उज्वल सागर एण्ड द बेन्डले पोखरामा पहिलो पटक यस किसिमको कार्यक्रम गर्न लागेको हो यस अगाडी काठमाडौँ लगायतका केहि स्थानमा लाइभ कन्सर्ट भैसकेको छ।
पोखराको लेकसाइडस्थित रोलिंग स्टोन्स रक बारमा शुक्रबार साँझ हुने कार्यक्रममा पोखराका संगीतप्रेमीहरुलाई उर्जाशिल आत्मीय र मौलिक लाइभ संगीत सुनाएर सांगीतिक मनोरंजन दिलाउने लक्ष राखिएको आयोजक लाइनअप नेपालले जनाएको छ।
कार्यक्रमले स्थानीय सांगीतिक समुहहरुको प्रोत्साहन र मौलिक कलाकार हरुलाई राष्ट्रियस्तरमा चिनाउने मात्र नभएर संगीतलाई सकारात्मक सामाजिक प्रभावको माध्यम बनाउने लक्ष राखेको आयोजकको भनाई छ ।
कार्यक्रमको अबसरमा उज्वल सागर एण्ड द बेन्डको लाईभ प्रस्तुतिसंगै पोखराको प्रतिष्ठित कलेज बेन्ड द कर्णाली ड्रिम्सका उदियमान नेपाली कलाकारहरुको पनि प्रस्तुति रहने छ। यसैगरी संगीतप्रेमीहरुको बिचमा अन्तरक्रिया समेत गरिने कलाकारहरु संग मिट एण्ड ग्रिट कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।
पत्रकार भेटघाट कार्यक्रममा गायक उज्वल सागरको साथै संगीत प्रेमी एबम युवा नेता मनोज गुरुङ, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय उपसभापति गंगाधर पराजुली लगायतले कार्यक्रमको सफलताको शुभकामना प्रकट गरेका थिए।




















