Play

कांग्रेसको महाधिबेशन: महामन्त्री थापा र सहमहामन्त्री यादवले बैठकमा प्रस्तुत गरे ‘छुट्टाछुट्टै कार्यतालिका’

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पार्टीको महाधिबेशन गर्ने सम्बन्धमा दुईवटा प्रस्ताब प्रस्तुत गरिएको छ पार्टीका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको भन्दै भदौ २२ अगाडिको नेपालको अबस्था र अहिलेको अबस्था एउटै नभएको बताए ।

महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्नेमा महामन्त्री थापाले जोड दिए । यस अगाडि पटक पटकका राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यसपटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नुपरेको बताउंदै उनले यस पटकको आन्दोलन कांग्रेससमेत सहभागि रहेको सरकारका विरुद्ध भएको बताए ।

‘हामी एकैपटकमा सडकमा मिल्काइएको अवस्थामा छौं । कार्यकर्ता, शुभेच्छुकको प्रश्न हामीप्रति छ,’ थापाले भने, ‘तमाम प्रश्नको उत्तर नदिइकन गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानको बेला देखाउँछन् ।’ मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन भनेर पर्खेर नबसिरहेको उनले बताए । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर नपाउँदासम्म  जनता मत हाल्न आतुर भएर उम्मेदवारलाई नपर्खने थापाको भनाइ छ ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने सुविधा दिएर उपचारका लागि सिंगापुर गएको भन्दै महामन्त्री थापाले अहिलेको अनिश्चिततालाई कांग्रेसले सम्हाल्न कांग्रेस सक्षम हुनुपर्नेमा जोड दिए।

महामन्त्री थापाले प्रस्तुत गरेको कार्यतालिका 

महामन्त्री थापाले पार्टीको १५ औं महाधिबेशनको कार्यतालिका पनि बैठकमा पेश गरेका छन जसअनुसार मंसिर १० गते सम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गर्ने, मंसिर १० देखि २० गते सम्म क्रियाशील सदस्यता छानबीन गर्ने, मंसिर २४ गते निर्वाचन समितिलाई सदस्यता सुची हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिबेशन गर्ने, पुष ५ गते क्षेत्रिय अधिबेशन गर्ने र पुष १६ देखि १९ सम्म पार्टीको १५ औ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेको छन ।

सहमहामन्त्री यादवले प्रस्तुत गरेको कार्यतालिका 

महामन्त्री थापाले उक्त कार्यतालिका प्रस्तुत गरेपछि संस्थापन पक्षको प्रस्तावको रुपमा सहमहामन्त्री महेन्द्र यादवले महाधिबेशन गर्ने कार्यतालिका सहितको अर्को प्रस्ताब बैठकमा प्रस्तुत गरेका थिए।  यादबले प्रस्तुत गरेको कार्यतालिकामा मंसिर २० गते सम्म क्रियाशील सदस्यहरुको नबिकरण सक्ने र पुष ५ गते सम्म नयाँ सदस्यता वितरण गर्ने उल्लेख ।

यसैगरी पुष २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यहरुको सुची हस्तान्तरण गरि चैत्र १ गते वडा अधिबेशन, चैत्र ५ गते पालिका अधिबेशन, चैत्र १२ गते प्रदेश क्षेत्रीय अधिबेशन, चैत्र २० गते संघीय क्षेत्रिय अधिबेशन र चैत्र ३० गते जिल्ला अधिबेशन गर्ने कार्यतालिकामा उल्लेख छ त्यसपछि २०८३ को वैशाख १५ गते सात प्रदेशको अधिबेशन सम्पन्न गरि अधिबेशन वैशाख  २७ देखि २९ सम्म पार्टीको १५ औ केन्द्रीय महाधिवेशन गर्ने संस्थापन पक्षको प्रस्ताबमा उल्लेख छ ।

१८ कार्तिक २०८२, मंगलवार १७:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा