पोखरा, मुलुकका छ वटा महानगरका नेपाली काँग्रेसका सभापतिहरुले तत्काल महाधिबेशन गर्नुपर्नेमा जोड दिंदै एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको भन्दै कार्यतालिका प्रस्ताब गरेर केन्द्रीय समिति समक्ष बुझाएका छन । नेपाली काँग्रेस ललितपुर महानगर समितिको आतिथ्यतामा सम्पन्न अन्तर महानगर समितिको बैठकले उक्त निष्कर्ष निकाल्दै यथाशिघ्र महाधिबेशन गर्नुपर्नेमा जोड दिएको छ।
नेपाली काँग्रेस काठमाडौं महानगर सभापति निलकाजी शाक्य, पोखरा महानगर समिति सुरेन्द्रमान विजुक्छे, ललितपुर महानगर सभापति शुभानन धाख्वा, विराटनगर महानगर सभापति दीपक चापागाईं, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी र वीरगञ्ज महानगर समिति सभापति मनिन्द्र नेपाली सहित सहभागि अन्तर महानगर कार्यसमितिको बैठकले निकालेको निष्कर्ष केन्द्रीय समिति समक्ष बुझाइएको छ।
बैठकले पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न गर्न आग्रह गर्दै पालिकाहरूसँग समन्वय गरी आफूहरूले महाधिवेशनका लागि सहयोग र समन्वय गर्ने समेत उनीहरूको भनाइ छ। महाधिवेशनका लागि उनीहरूले प्रस्ताब गरेको कार्यतालिकामा दुई साताभित्र क्रियाशील सदस्यता टुंगो लगाएर एक महिनाभित्रै महाधिवेशन गर्न सकिने उल्लेख छ।
तल्लोतहबाट पार्टीलाई बलियो बनाउने हो भने पार्टीको नियमित महाधिबेशन हुनुपर्छ – सभापति बिजुक्छे
यसैबीच, नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेले कतिपय नेताहरले नियमित वा विशेष दुवै खाले महाधिवेसन निर्वाचन अघि सम्भव छैन भन्ने गरेको बताउंदै २ हप्तामा क्रियाशील सदस्यता टुंग्याएर वडा अधिवेशन, जिल्ला अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन गर्न सकिन्छ भनेर आँफुहरुले कार्यतालिका प्रस्ताब गरेको बताए।

यसरी काम गर्यो भने सम्भव छ भनेर हामीले भनेका छौं। काम गर्ने हो भने त असम्भव छैन। काम नै नगर्ने अनि भ्याउँदिन भनेर हुन्छ ? कामै नगरेपछि कसरी सम्भव हुन्छ ? बिजुक्छेले प्रश्न गरे। उनले नियमित महाधिवेशन हुन सक्यो भने तल्लो तहदेखि केन्द्रसम्म नयाँ नेतृत्व आउने र गुट उपगुटको अवस्था पनि अन्त्य हुने बताउंदै तल्लो तहबाट पार्टीलाई बलियो बनाउने हो भने नियमित महाधिवेसन गर्नुपर्नेमा जोड दिए।
यसै प्रसंगमा उनले भने, ‘नेतृत्वको शैली देखेर साथीहरू वाक्क परेको अवस्थामा छन्। नियमित महाधिवेशनबाट सबै तहका समिति निर्वाचित भएर आउँछन् र पार्टीमा उत्साह पनि बढेर आउँछ।’
नेपाली काँग्रेस अन्तरमहानगर समितिले प्रस्ताब गरेको महाधिबेशन सम्बन्धि कार्यतालिका..




















