पोखरा, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलन अन्तर्गत भदौ २४ गतेको दिन पोखरामा प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने तथा प्रहरीका हतियार लुटपाट गरि आतंक फैल्याउनेहरु मध्येका १० जनालाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएकाहरु मध्ये कास्की जिल्ला प्रहरी कार्यालय गैरापाटन पोखरामा आगजनी गर्ने र हतियार लुटपाट गर्ने ४ जना, वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रो लगाएर आगो लगाउने १ जना रहेका छन
यसैगरी प्रहरी चौकी नयाँपुलमा आगजनी गर्ने ५ जना सहित १० जनालाई पक्राउ गरिएको र अन्यको पनि खोजि भैरहेको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।
पक्राउ परेकहरुलाई कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रब सम्बन्धि मुद्धामा ६ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ पक्राउ पर्नेहरुको विवरण यस प्रकार रहेको छ।
















