Play

कलाकार सिंहको ‘नेपाल कला यात्रा’ पुस्तक पोखरामा लोकार्पण

गुरुकुल खबर


पोखरा, कलाकारिताका माध्यमबाट देशलाई चिनाउने अभियानमा लागेका पोखराका कलाकार नगेन सिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक एक समारोहका बीच लोकार्पण गरिएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरुप प्रकाशित पुस्तकको नेपालीहरूको महान चाड तिहारको महत्वपूर्ण दिन भाइटिकाका दिन बिहिबार पोखरामा लोकर्पण गरिएको हो ।

विश्वकै उत्कृष्ट गन्तव्य नेपाल भए पनि यसको उजागर र उपयोग गर्न नसक्दा आज पनि कैयौं युवाहरू रोजगारीका क्रममा हाम्रा महत्वपूर्ण चाडवाडमा पनि विदेशमा बस्नुपरेको वास्तविकता समेतलाई दृष्टिगत गरी तिहारकै भाइटिकाका दिन सन्देश प्रवाह गर्ने उद्देश्यले पुस्तकको लोकार्पण गरिएको कलाकार सिंहले बताए ।

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गरिएको बताइएको छ ।

पुस्तकको कलाकार सिंहका मातापिता होमबहादुर र शान्ता सहित रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, साहित्यकार असफल गौतम, पर्यटन विज्ञ दीपेन्द्र पहारी, जनप्रतिनिधि विनोद लामिछाने, कार्यक्रम संयोजक नवीन श्रेष्ठ, नगेन न्यूज पब्लिकेशन प्रा.लि.का अध्यक्ष ज्योति हमाल लगायतले सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा पुस्तकको कृति समिक्षा गर्दै पर्यटनविज्ञ दीपेन्द्र पहारीले नेपालका विविध पर्यटकीय स्थानमा पुुगी तयार गरिएका कलालाई पुस्तकमा उतारिएको बताए ।
कला समिक्षा गर्दै साहित्यकार असफल गौतमले कृति भित्रका विभिन्न कला पक्षबारे चर्चा गरेका थिए ।

सुजन देवाजुद्वरा सञ्चालन गरिएको उक्त कार्यक्रममा अभियानका संयोजक नविन श्रेष्ठ, नगेन न्यूज पब्लिकेशन प्रा.लि.का अध्यक्ष ज्योति हमाल, कलाकार सिंहका मातापिता सहित रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, जनप्रतिनिधि विनोद लामिछाने लगायतले शुभकामना प्रकट गरेका थिए। यस पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिने जनाइएको छ ।

६ कार्तिक २०८२, बिहीबार २१:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा