Play

ओमानलाई ३८ रनले हराउंदै नेपाल पुग्यो ‘शिर्षस्थानमा’

गुरुकुल खबर


मस्कट,  प्रभावशाली प्रदर्शनमा नेपाल टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अपराजित नेपालले बलियो ओमानलाई हराउँदै ट्रफी जित्ने संभावनालाई पनि मजबुत बनाएको छ। नेपाल र ओमान दुवै विश्व कपमा प्रवेश गरेका छन्। घरेलु टिम ओमानलाई हराउन कुशल भुर्तेलको ब्याटिङ र गुलशन प्रदर्शन उत्कृष्ट रहयो।

जितको लागि १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमा समेटियो। ओमानका ब्याटरहरू नेपाली बलर विरूद्ध खुलेर ब्याटिङ गर्न सकेन। खराब सुरूवात गरेको ओमानले २७ रन जोड्दा ३ विकेट गुमायो। ओपनर तथा कप्तान जतिन्द्र सिंह १४ रन जोडेर सोमपाल कामीको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए।

लगत्तै हमाद मिर्जा ४ रनमा आउट भए। उनी नन्दन यादवको बलमा आउट भए। नेपाल निरन्तर विकेट झार्न सफल रहँदा आमिर कालिमलाई दीपेन्द्रले रन आउट गरे। उनले मात्र १ रन बनाएका थिए। आर्यान बिष्ट ११ रनमा सन्दीप लामिछानेको शिकार बने। पाँचौं विकेट गुलशनले लिए। उनले १ रन बनाएका नदिम खानलाई बोल्ड आउट गरे। ९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै ओमानले मात्र ४१ रन बनाउँदै कमजोर प्रदर्शन गर्यो।

ब्याटिङमा संघर्ष गरेको ओमानले ठूलो साझेदारी बनाउन सकेन्। १४ औं ओभरको चौथो र पाँचौ विकेटमा गुलशनले लगातार २ विकेट लिए। मोहम्मद नदिम २५ रनमा र जितेन रामानन्दी रनको खाता नखोली आउट भए। ७ विकेट गुमाउँदै ओमानले ७० रन बटुल्यो। आठौं विकेटको लागि विनायक शुक्ला र सुफयान मोहम्मदले ३३ रनको साझेदारी गरेपछि विनायक ३२ रनना र सुफयान ९ रनमा आउट भए। साकिल अहमद अविजित ८ र साह फैसल ३ रनमा अविजित रहे।

बलिङमा गुल्सनले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिए। सोमपाल र नन्दनले २/२ तथा सन्दीपले १ विकेट झारे। त्यसअघि नेपालले टस जितेर ब्याटिङ रोज्यो। नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। नेपालले सुरूवात राम्रो गर्यो। नेपालले पहिलो पावर प्ले‌मा ५२ रन बनायो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। आसिफ २४ रन जोडेर आठौं ओभरमा नदिम खानको बलमा आउट भए।

ओमानलाई ब्रेक थ्रु दिएका नदिमले पहिलो विकेट लिंदै उत्कृष्ट बलिङ गरे। उनी पहिलो चार विकेट लिन सफल रहे। आसिफ आउट भएपछि नेपालले लगातार दुई महत्वपूर्ण खेलाडी गुमायो। कप्तान रोहित पौडेल १ रनमा र दीपेन्द्र सिंह ऐरी २ रनमा नदिम कै बलमा आउट भए। यो छनोटमा ब्याटिङमा जम्न नसकेका युवा ब्याटर कुशल मल्लले टि ट्वान्टी आईमा १ हजार रनको सफलता प्राप्त गरे। ओमान विरूद्ध ४ रन जोडेपछि उनले १ हजार रन पूरा गरेका हुन्।

नेपालको लागि टि-ट्वान्टी आईमा १ हजार रन प्रहार गर्ने कुशल मल्ल पाँचौं नेपाली खेलाडी हुन्। उनले टि-ट्वान्टी आईमा १ शतक र ४ अर्धशतक बनाएका छन्। तर उनी आज पनि क्रिजमा टिक्न सकेनन्। मात्र ७ रन जोडेर चौथो विकेटको रूपमा आउट भए। उनलाई पनि नदिमले नै पबिलियनको बाटो देखाए। कुशल आउट हुँदा नेपालले ११ ओभर ४ बलमा ८१ रन बनाएको थियो।

क्रिजमा टिकेका ओपनर कुशल भुर्तेलले ३८ बलमा ५ चौका र १ छक्का सहित अर्धशतक बनाए। उनको यो टी-ट्वान्टी आईमा १३ औं अर्धशतक हो। कुशलले आदिल आलमसँग मिलेर पाँचौ विकेटको लागि ४० रनको साझेदारी गरे। १६ रन जोडेका आदिल ठुलो सट खेल्ने क्रममा सुफयान मोहम्मदको बलमा क्याच आउट हुन पुगे। यतिखेल नेपालले ५ विकेट गुमाउँदा १ सय २१ रन बनाएको थियो। यसपछि जितेन रामानन्दीले कुशल भुर्तेललाई आउट गर्दै ठुलो विकेट लिए। कुशलले ५१ बल खेल्दै ७ चौका र १ छक्का सहित ६९ रनको उत्कृष्ट पारी खेले।

यो खेलमा पनि गुलशन आफ्नो भुमिका निभाए। १० बलमा दुई पावरफुल छक्का सहित १८ रन बनाउँदै मेहमुदको बलमा पबिलियन फर्किए। बलिङमा नदिम खान नायक बने। ४ ओभरमा २० रन खर्चेर नेपालको सुरूवाती ४ विकेट लिए। सुफयान मेहमुद र जितेन रामानन्दीले समान २ विकेट लिए। नेपाल र ओमान यो खेल अगाडि नै फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्व कपमा छनोट भैसकेका थिए। लगातारको चौथो जितमा नेपाल ८ अंक सहित अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। ओमान ६ अंक सहित दोस्रो स्थानमा तल झरेको छ। नेपालले अब अन्तिम खेलमा सामोआसँग खेल्नेछ।

३० आश्विन २०८२, बिहीबार २०:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा